सिन्धुलीमा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु 

radiosindhuligadhhi

 

सिन्धुली ।

सिन्धुलीमा बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ मा शुक्रवार बिहान इभी गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

झापाबाट काठमाडौ जाँदै गरेको बागमती प्रदेश ०१–०३०–च. ९६४२  नम्बरको इभि गाडी आफै अनियन्त्रित सडकबाट ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा परि चालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको उपचारको क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको छ । घाईते भएका ५ जनामध्ये  मोरङको लेटाङ नगरपालिका २ का ३४ वर्षीय देवि लिम्बुको अवस्था गम्भीर रहेको छ । 

अन्य घाईतेहरु काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ५ थली बस्ने २८ बर्षिया श्वेता गिरी, सोही ठेगाना भएका २८ वर्षीय संजय रोक्का, झापा बाह्रगढी गाउँपालिका १ का २७ वर्षीय किस्कु मण्डल र इलाम देउमाई नगरपालिका ८ बस्ने ५३ वर्षीय सन बहादुर तामाङको सिन्धुली अस्पतालमा उपचार भई रहेको छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीमा पौडी खेल्ने क्रममा दहमा डुबेर १६ बर्षीय किशोरको मृत्यु 

रेडियो सिन्धुलीगढी, २४ वैशाख २०८२, बुधवार । सिन्धुलीमा पौँडी खेल्ने क्रममा दहमा डुबेर एक किशोरको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका खुर्कोट घर भई

radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु 

सिन्धुली, २३ वैशाख २०८२, मंगलवार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित

radiosindhuligadhhi

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीद्धारा जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया 

रेडियो सिन्धुलीगढी, १३ वैशाख २०८१, शनिबार । ऊद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना