हरिहरपुरगढी गाउँपालिका ७ क्यानखोलाबाट अबैध काठ सहित ट्रक नियन्त्रणमा 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १६ माघ २०८१, बुधबार ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ क्यानखोलाबाट प्रहरीले अबैध काठ सहित ट्रकलाई नियन्त्रणमा लिएको छ । पन्थचौरीबाट क्यानखोला तर्फ आउदै गरेको ना ७ ख ८३६२ नम्बरको मिनि ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो 

गएराति प्रहरी चौकी क्यानेश्वरबाट प्र.स.नि. हरेन्द्र कुमार ठाकुरको कमाण्डमा खटिएको गस्ती टोलीले चिरानी गरेको साल जातको ५२.१४ क्यु फिटको ७२ पिस काठ सहित ट्रक नियन्त्रणमा लिई अनुसन्धानका लागि डिभिजन वन कार्यालय मरिणलाई बुझाएको छ ।

प्रहरीलाई देखेपछि ट्रक चालक भने फरार भएका छन् । 

प्रतिकृया दिनुहोस

फिक्कलमा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी एमाले फिक्कल गाउँ कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन गरेको छ । अभियानको सुरुआतमा

radiosindhuligadhhi

सिन्धुलीमा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु 

  सिन्धुली । सिन्धुलीमा बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ मा शुक्रवार बिहान इभी गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि एक

radiosindhuligadhhi

डकाहामा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न

रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार । नेपाल कम्युनिष्ट पार्टी एमाले दुधौली नगर कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन