सुनौलो हजार दिनका आमा तथा कुपोषित बालवालिकाहरुलाई पोषणयुक्त खानेकुरा वितरण

रेडियो सिन्धुलीगढी, १४ माघ २०८१, सोमबार ।
सिन्धुलीको कमलामाई नगरपालिका १४ का सुनौलो हजार दिनका आमा तथा कुपोषित बालवालिकाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । कमलामाई नगरपालिकाको आयोजनामा पोषण विशेष कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका आमा तथा कुपोषित बालवालिकाहरुलाई पोषण युक्त खानेकुरा वितरण गरेको हो ।
हिजो आईतबार एक कार्यक्रमका बिच उक्त वडाका १६ जना सुनौलो हजार दिनका आमा तथा कुपोषित बालवालिकाहरुलाई पोषण युक्त खानेकुरा वितरण गरिएको पोषण सहजकर्ता सुस्मिता खत्रीले जानकारी दिनु भयो । उहाँका अनुसार आमा तथा कुपोषित बालवालिकाहरुलाई पोषण युक्त खानेकुरा अन्तर्गत अण्डा, घिउँ, चामल, गेडागुडी लगायतका खानेकुरा वितरण गरिएको छ ।
साथै, उनीहरुको सरसफाईलाई ध्यान दिन आग्रह गदै साबुन र तौलिया समेत वितरण गरिएको छ ।
नगरभित्रका बालबालिका तथा सुनौलो हजार दिनका आमाहरूलाई कुपोषणबाट बचाउनमा लागी पोषण युक्त खानेकुरा वितरण गरिएको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोखरेलले बताउँनु भयो ।
साथै, नगरपालिकाले बालबालिकाको स्वास्थ्य तथा सुरक्षित मातृत्वमा विशेष सहयोग गर्दै आगामी दिनमा कुपोषण जस्तो रोग लाग्न नदिन निरन्तर प्रयास गर्ने बताउनु भएको छ ।

कमलामाई नगरपालिका ३ चपौली स्थित कला घरमा राष्ट्रिय कला महोत्सब हुने
रेडियो सिन्धुलीगढी, १ चैत २०८१, शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ चपौलीमा रहेको निमार्णाधन कला घरको परिसरमा राष्ट्रिय कला महोत्सब

बालुवा मिसाएको नौ बोरा ढुटो नष्ट
रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले ११ हजार २ सय ५० रुपैया बराबरको नौ बोरा ढुटो नष्ट गरेको छ । जिल्लाको

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः अर्जुन श्रेष्ठ निर्वाचित
रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार । सिन्धुली उद्योग वाणिज्य संघमा अर्जुन कुमार श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिस्पर्धि राजकुमार
प्रतिकृया दिनुहोस