हरिबोधिनी एकादशीको अवसरमा हरिहरपुरगढी गाउँपालिकाले सार्वजनिक विदा दिने
रेडियो सिन्धुलीगढी, २६ कार्तिक २०८१, सोमबार ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले हरिबोधिनी एकादशी ९ठूलो एकादशी० को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । कार्तिक २४ गते बसेको हरिहरपुरगढी गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकले कार्तिक २७ गते अर्थात भोली मंगलबार राई समुदायको मुख्य पर्व हरिबोधिनी एकादशीको अवसरमा सार्बजनिक विदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले एक सूचना जारी गर्दै सम्पुर्ण पालिकाबासीलाई हरिबोधिनी एकादशीको शुभकामना पनि व्यक्त गरेको छ । हरिबोधिनी एकादशीको अवसरमा गाउँपालिका कार्यालय, मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, विद्यालय तथा अन्य शिक्षण संस्थाहरु, बैंक तथा वित्तिय संस्थाहरु र अन्य सार्वजनिक सघं सस्थांहरुमा स्थानीय विदा दिने निर्णय भएको सुचनामा उल्लेख गरिएको छ ।
तीनपाटन गाउँपालिकामा नि:शुल्क दन्त शिविर संचालन हुने
रेडियो सिन्धुलीगढी, १८ मंसिर २०८१, मंगलबार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा निशुल्क दन्त शिविर संचालन हुने भएको छ । गाउँपालिकाको आयोजना तथा समाज
सिन्धुलीमा ६९ जना मोतिबिन्दु बिरामीहरुको निःशुल्क आँखा अपरेसन
रेडियो सिन्धुलीगढी, १६ मंसिर २०८१, आईतबार । सिन्धुलीमा मोतिबिन्दु भएका बिरामीहरुको निःशुल्क आँखा अपरेसन शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस
कम्प्युटर एशोसिएशन नेपाल महासंघ जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा मैनाली चयन
रेडियो सिन्धुलीगढी, १६ मंसिर २०८१, आईतबार । कम्प्युटर एशोसिएशन नेपाल महासंघ जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा प्रेमनाथ मैनाली ९बासु० सर्वसम्मत चयन
प्रतिकृया दिनुहोस