स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभा सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०३ असोज २०८१, बिहिबार ।

स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षता तथा कमलामाई नगरपालिका सिन्धुलीकी उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम आज बिहिबार सम्पन्न भएको हो ।

आर्थिक बर्ष २०८० / ८१ को आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष बलराम श्रेष्ठले, संस्थाको प्रगति प्रतिवेदन सचिव नवराज श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो भने लेखा समितिको प्रतिवेदन संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक कृष्ण प्रसाद गौतमले प्रस्तुत गर्नुृ भएको थियो ।

कार्यक्रममा संस्थाको उन्नती प्रगतिको लागी सञ्चार क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको उच्च मुल्याङ्कन गर्दै पालिका आवाज अनलाईनका प्रधान सम्पादक जीवी श्रेष्ठलाई प्रमाण पत्रको साथमा सम्मान गरिएको थियो ।

साथै, ५ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर प्रमाण पत्रको साथमा थर्मश प्रदान गरिएको थियो भने एक एक जना उत्कृष्ट महिला तथा पुरुष बचत कर्ता, असल ऋणी र बाल बचत कर्तालाई प्रमाण पत्रको साथमा सम्मान गरिएको थियो । यस्तै, उत्कृष्ट कर्मचारीलाई पनि प्रमाण पत्रको साथमा सम्मान गरिएको थियो । 

आर्थिक बर्ष २०८० / ८१ को अन्तिममा सम्ममा शेयर सदस्यहरुको संख्या २ हजार ७६ जना  पुगेको बताउँदै सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले २०८० / ८१ को अन्तिममा संस्थाको शेयरपुँजी एक करोड १५ लाख ९० हजार २ सय भएको बताउँनु भयो ।

शेयर सदस्यहरुको आत्मविश्वास बचत तथा ऋण कारोबारमा एकरुपता, संचालक समितिको सहमति साथै दक्ष कर्मचारीका लगनशिलताकै कारण सहकारीले सफलता प्राप्त गर्दै गएको अध्यक्ष श्रेष्ठले बताउँनु भयो । 

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण उपसमितिका सदस्यहरु, संस्थाका शेयर सदस्इहरु, संस्थाका कर्मचारी लगायत पत्रकारको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

कमलामाई नगरपालिका ६ बालमैत्री वडा घोषणा

रेडियो सिन्धुलीगढी, २९ भदौ २०८१, शनिबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । “बालबालिकामा लगानीः

radiosindhuligadhhi

विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना 

रेडियो सिन्धुलीगढी, २५ भदौ २०८१, मंगलबार । विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जनस्वास्थ्य

radiosindhuligadhhi

खोलाले बगाउँदा सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली । खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ७ दधिदमारका २८ बर्षीय ज्ञानबहादुर भोलन रहेका छन् । हिजो (आईतबार)