विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २५ भदौ २०८१, मंगलबार ।

विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी पत्रकार र सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सिन्धुली अस्पताल सिन्धुलीकी मेडिकल अधिकृत अपर्ना कार्कीले आत्महत्या भनेको के हो, यसका लक्षण, यसको अवस्था, कानुनी प्रावधान, रोकथामका उपायहरु र समस्या तथा चुनौतीको बारेमा प्रस्तुतीकरण दिनु भएको थियो ।

सिन्धुली अस्पताल, एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) की घटना व्यवस्थापक सुनिता शर्माले ओसिएमसि स्थापना भएदेखि हासम्म २ हजार १ सय ८१ जनाले सेवा लिएको बताउँनु भयो । ती मध्ये ओसिएमसिमा काउनसिलिङगका लागी फलोअपमा आईरहेका सेवाग्राहीको संख्या १ हजार ४ सय १० रहेको छ । मानसिक तथा मनोसामाजिक समस्या भई उपचार पाएका तथा औषधी सेवन गरिरहेका सेवाग्राहीको संख्या १ सय ४५ जना रहेको र १ सय ४५ जना मध्ये फलोअपमा रहेको सेवाग्राहीको संख्या १ सय २३ रहेको उनले बताईन् ।आत्महत्या वा आत्महत्याको सोच आएमा निशुल्क टोल फ्रि नम्बर ११६६ मा सम्पर्क गरि परामर्श लिन सकिने छ । 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभा सम्पन्न

रेडियो सिन्धुलीगढी, ०३ असोज २०८१, बिहिबार । स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी

radiosindhuligadhhi

कमलामाई नगरपालिका ६ बालमैत्री वडा घोषणा

रेडियो सिन्धुलीगढी, २९ भदौ २०८१, शनिबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । “बालबालिकामा लगानीः

radiosindhuligadhhi

खोलाले बगाउँदा सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली । खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ७ दधिदमारका २८ बर्षीय ज्ञानबहादुर भोलन रहेका छन् । हिजो (आईतबार)