सिन्धुलीमा लागु औषध सहित २ जना पक्राउ
रेडियो सिन्धुलीगढी, ०३ भदौ २०८१, सोमबार ।
सिन्धुलीमा लागु औषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमलामाई नगरपालिका ७ बस्ने ३३ बर्षीय अम्मर बहादुर सिजाली मगर र तीनपाटन गाउँपालिका २ बस्ने ३२ बर्षीय सुदिप घिमिरे रहेका छन् ।
हिजो बेलुका भिमान चेकपोष्टमा बर्दिबासबाट सिन्धुली तर्फ आउँदै गरेको बा ११ च ७१५७ नम्बरको कारलाई इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलिले चेक जाँच गरेको थियो । चेक जाँच गर्ने क्रममा कारबाट ४९ बोतल इक्सिप्लोन न्यु नामक लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशब बहादुर कटुवालले जानकारी दिनु भयो । उहाँका अनुसार २ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
कमलामाई नगरपालिका ६ बालमैत्री वडा घोषणा
रेडियो सिन्धुलीगढी, २९ भदौ २०८१, शनिबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । “बालबालिकामा लगानीः
विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना
रेडियो सिन्धुलीगढी, २५ भदौ २०८१, मंगलबार । विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जनस्वास्थ्य
खोलाले बगाउँदा सिन्धुलीमा एक जनाको मृत्यु
सिन्धुली । खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ७ दधिदमारका २८ बर्षीय ज्ञानबहादुर भोलन रहेका छन् । हिजो (आईतबार)
प्रतिकृया दिनुहोस