कमलामाई नगरपालिका ८ बाघमारा बाट लागु औषध सहित ४ जना पक्राउ

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०७ साउँन २०८१, सोमबार ।

सिन्धुलीको कमलामाई नगरपालिका ८ बाघमारा जंगलबाट लागु औषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ७ बस्ने अजय शाह, कमलामाई नगरपालिका ७ माझिटार बस्ने दिलसन भनिने २० वर्षीय लोकविक्रम आले मगर, कमलामाई नगरपालिका ५ चिसापानीका २३ वर्षको मिलन पाख्रिन र धुरा बजार बस्ने २७ वर्षीय सौगात रहेका छन् । 

अस्ति शनिबार १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय भिमानबाट खटि गएको टोलिले बाघमारा जंगलमा चेकजाँच गर्दा स्पास्मो एक्सिप्लोन–१५ र विनक्रेक्स कप सिरप–१४ गरी २९ बोतल लागु औषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूले प्रयोग गरेको बा ९३ प ८८०८ र विआर ३० एम् १३११ नम्बरको दुई वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । जिल्ला अदालत सिन्धुलीमा ७ दिनको म्याद थप गरेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरी जानएको छ ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

कमलामाई नगरपालिका ६ बालमैत्री वडा घोषणा

रेडियो सिन्धुलीगढी, २९ भदौ २०८१, शनिबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । “बालबालिकामा लगानीः

radiosindhuligadhhi

विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना 

रेडियो सिन्धुलीगढी, २५ भदौ २०८१, मंगलबार । विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जनस्वास्थ्य

radiosindhuligadhhi

खोलाले बगाउँदा सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली । खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ७ दधिदमारका २८ बर्षीय ज्ञानबहादुर भोलन रहेका छन् । हिजो (आईतबार)