सिन्धुलीमा अटो दुर्घटना हुदाँ एक महिलाको घटनास्थलमै मृत्यु

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ५ साउँन २०८१, शनिबार ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ मा अटो दुर्घटना हुदाँ एक जना महिलाको घटना स्थलमै मृत्यु भएको छ । हिजो दिउँसो २.४० बजेको समयमा मध्य पहाडी लोकमार्ग अन्तर्गत बन्दी खोलामा प्रदेश २००१ ह १३७१ नम्बरको अटोले पैदल यात्रीलाई ठक्कर दिई अनियन्त्रित भएर दुर्घटना हुदाँ कमलामाई नगरपालिका १३ की ३५ बर्षीय मन्दिरा पौडेलको मृत्यु भएको छ भने ७ जना अटोमा सवार र पैदल यात्री घाईते भएका छन् ।

घाईते हुनेमा गोलन्जोर गाउँपालिका २ बितिजोर बस्ने ६० बर्षीय शेर बहादुर सार्की, वडा नम्बर ६ बस्ने २२ एकुमाया दमाई, सोहि ठाउँका ४० बर्षीय राम माया गोले, वडा नम्बर ३ बस्ने ६१ बर्षीय लोक बहादुर कार्की, वडा नम्बर ४ तिनकन्या बस्ने ३३ बर्षीय सन्तोष तामाङ, मृतक पौडेलकी ९ बर्षीय छोरी सविना र ११ बर्षीय छोरा तिर्थ राज पौडेल रहेका छन् । 

घाईते सातै जनाको सुनकोसी सामुदायिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनु भयो । अटो चालक गोलन्जोर गाउँपालिका २ का ५५ बर्षीय भिम बहादुर ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीमा पौडी खेल्ने क्रममा दहमा डुबेर १६ बर्षीय किशोरको मृत्यु 

रेडियो सिन्धुलीगढी, २४ वैशाख २०८२, बुधवार । सिन्धुलीमा पौँडी खेल्ने क्रममा दहमा डुबेर एक किशोरको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका खुर्कोट घर भई

radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु 

सिन्धुली, २३ वैशाख २०८२, मंगलवार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित

radiosindhuligadhhi

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीद्धारा जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया 

रेडियो सिन्धुलीगढी, १३ वैशाख २०८१, शनिबार । ऊद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना