जडीबुटी खोज्न जाँदा भिरबाट लडेर मरिणमा ५८ बर्षीय पुरुषको मृत्यु

रेडियो सिन्धुलीगढी, ०२ असार २०८१, आईतबार ।
सिन्धुलीमा जडीबुटी खोज्न जाँदा लडेर एक जना पुरुषको मृत्यु भएको छ । मरिण गाउँपालिका २ कटनडाँडा बस्ने ५८ वर्षीय टेक बहादुर दंगालीको भीरबाट लडेर मृत्यु भएको हो ।
अस्ति शुक्राबार दिउँसो टेक बहादुर जडीबुटी खोज्न घरबाट हिँडेका थिए । राती अबेर सम्म पनि घर नआएपछि हिजो शनिवार बिहान स्थानीय तथा आफन्तहरूले खोजतलास गरेका थिए । खोजी गर्दै जाने क्रममा घर देखि ७ किलोमिटर पूर्व तर्फ रहेको मुंग्रेशिर भिर खाँेचमा मृत अवस्थामा उनलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा तत्काल इलाका प्रहरी कार्यालय कपिलाकोट बाट प्रहरी टोली खटी गएको र मुचुल्का पस्चात प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा ल्याई पोष्टमाटम गरी आफन्तलाई शव जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
.jpeg)
सिन्धुलीमा पौडी खेल्ने क्रममा दहमा डुबेर १६ बर्षीय किशोरको मृत्यु
रेडियो सिन्धुलीगढी, २४ वैशाख २०८२, बुधवार । सिन्धुलीमा पौँडी खेल्ने क्रममा दहमा डुबेर एक किशोरको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका खुर्कोट घर भई

हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, २३ वैशाख २०८२, मंगलवार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीद्धारा जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया
रेडियो सिन्धुलीगढी, १३ वैशाख २०८१, शनिबार । ऊद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना
प्रतिकृया दिनुहोस