कविता कार्कीद्धारा आफ्नो जन्मदिनको अवसरमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण 

radiosindhuligadhhi

आफ्नो जन्मदिनको अवसरमा कविता कार्कीले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । गौमती बहुमुखी क्याम्पस वि.ए. द्धितिय वर्षमा अध्ययनरत छात्रा फिक्कल गाउँपालिका वडा नम्बर ६ रत्नावतीकी कविता कार्कीले आज आफ्नो जन्म दिनको अवसरमा गौमती नमुना माध्यामिक विद्यालय सिन्धुलीमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका २० जना गरिब, जेहेन्दार र अनुसाशित छात्र छात्राहरुलाई कापी र कलम वितरण गर्नुभएको हो । 

अनावश्यक फजुल खर्च गरेर, केक काटेर भड्किलो प्रवृत्ति देखाउनुभन्दा स–साना भाइबहिनीहरुलाई उनिहरुको अध्ययनमा सानो सहयोग पुगोस् भन्ने हेतुले आफुले यो सहयोग गरेको छात्रा कार्कीले बताउनुभयो । 

आफुले ३० वर्ष अध्यापन गराउदा यस्तो सिर्जनात्मक कार्यक्रम कोहि कुनै विद्यार्थीले नगरेको गौमती नमुना माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक शंकर प्रसाद ढकालले बताउनुभयो । विद्यालयका सहायक प्रध्यानाध्यपक शंकर प्रसाद ढकाल, आधारभुत तहका इन्चार्ज भवानी देबकोटा लगायत विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

यात्रा संस्मरण : सिन्धुलीदेखि धादिङसम्म

बिमला रजन मगर, २६ जेठ २०८०, शुक्रबार / जेठ १ गतेको  समय हो रात छिप्पीदै गईरहेको थियो । २ गतेको यात्रामा बागमती प्रदेसको राजधानी हेटौडा जानु थियो, यात्रा

radiosindhuligadhhi

मिसेस (MRS) तामाङ “२०२३” को अडिसन जेठ १३ गते देखि सुरु

काठमाडौं / तामाङ जातिको कला संस्कृति भेषभूषा, रितिरिवाज एबम रहन सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित तामाङनी, गृहिणीरव्यवसायिक महिला

radiosindhuligadhhi

जिल्ला स्तरीय लोक तथा दोहोरी गित प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न

रेडियो सिन्धुलीगढी, २ बैशाख २०८०, शनिबार / सिन्धुलीको कमलामाई नगरपालिका ६ खुल्ला मञ्चमा जिल्ला स्तरीय लोक तथा दोहोरी गित प्रतियोगिता तथा सास्कृतिक