टोल विकास स्तरीय भलिबल प्रतियोगितामा आयोजक रातमाटा प्लानिङ विजयी 

SITENAME

रेडियो सिन्धुलीगढी, ३० असोज २०८३, शुक्रबार ।

टोल विकासस्तरीय भलिबल प्रतियोगितामा आयोजक  रातमाटा प्लानिङ टोल विकास संस्था विजयी भएको छ । आज (शुक्रबार) भएको खेलमा कृष्ण नगर टोल विकास संस्थालाई हराउँदै आयोजक रातमाटा प्लानिङ टोल विकास संस्था विजयी भएको हो ।

वेष्ट अफ फाइभको पहिलो खेलमा कृष्ण नगरले ३१-२९ को रोमान्चक जित निकालेको थियो । तर रातमाटा प्लानिङले दोस्रो, तेस्रो र चौथो सेटमा २५-१६, २५-२१ र २५-२० अंकले लगातार जित निकालेर विजयी भएको छ ।

विजयी भएसंगै रातमाटा प्लानिङले दशै खसी, उपविजेता भएको कृष्ण नगरले १० हजार रुपैयाँ नगद सहित मेडल र प्रमाण पत्र समेत प्राप्त गरेको छ । साथै तृतीय भएको माढीबजार टोल विकास संस्थालाई पुरस्कार स्वरुप नगद ७ हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

टाटा सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

रेडियो सिन्धुलीगढी, १ कार्तिक २०८३, आईतबार । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो सिन्धुलीको फिक्कल गाउँपालिका ६ नागथानबाट सुनकोसी नदीमा

SITENAME

टाटा सुमो सुनकोसी नदीमा खस्यो, ३ महिलाको मृत्यु, ४ घाईते

रेडियो सिन्धुलीगढी, १ कार्तिक २०८३, आईतबार । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो सिन्धुलीको फिक्कल गाउँपालिका ६ नागथानबाट सुनकोसी नदीमा

SITENAME

रक्तमाला मन्दिरमा फूलपाती बढाइँ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न 

रेडियो सिन्धुलीगढी, ३१ असोज २०८३, शनिबार । सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँ स्थित रक्तमाला मन्दिरमा फूलपाती बढाइँ तथा सांस्कृतिक

↑