बाढीपीडितका लागि सिड्स नेपाल र अध्यक्ष घिमिरेद्वारा १ लाख २ हजार सहयोग

SITENAME

रेडियो सिन्धुलीगढी, २५ भदौ २०८३, बिहिबार ।

गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सिड्स नेपाल सिन्धुलीले आर्थिक सहयोग गरेको छ । बाढीपीडितका लागी राहत तथा पुनःस्थापनाका लागि सिड्स नेपालका तर्फबाट ५१ हजार रुपैयाँ सहयोग गरिएको छ । 

यस्तै, सिड्स नेपालका अध्यक्ष दीपक घिमिरेले व्यक्तिगत रूपमा थप ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । अध्यक्ष घिमिरे लगायत टिमले आज बिहिबार जिल्ला प्रशासन कार्यालयमै पुगेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको कुल १ लाख २ हजार रुपैयाँको बैंक भौचर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस
SITENAME

दुध तथा दुग्धजन्य पदार्थको आफुखुसी मूल्य वृद्धि नगर्न व्यापारीहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आग्रह 

रेडियो सिन्धुलीगढी, २८ भदौ २०८३, आईतबार । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दुध तथा दुग्धजन्य पदार्थको मूल्य आफूखुसी वृद्धि गरी बिक्री वितरण नगर्न

SITENAME

स्कुटर र मोटरसाइकल चोरी मुद्दाका फरार प्रतिवादी एक वर्षपछि पक्राउ

रेडियो सिन्धुलीगढी, २५ भदौ २०८३, बिहिबार । स्कुटर र मोटरसाइकल चोरी मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई जिल्ला

SITENAME

प्लान र ह्याण्ड्स नेपालद्धारा चालु आवमा कमलामाईमा संचालन हुने परियोजनाहरुको प्रारम्भिक बैठक सम्पन्न 

रेडियो सिन्धुलीगढी, २५ भदौ २०८३, बिहिबार । प्लान इन्टरनेश्नल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल सिन्धुलीद्वारा जिल्लाको कमलामाई