स्कुटर र मोटरसाइकल चोरी मुद्दाका फरार प्रतिवादी एक वर्षपछि पक्राउ

SITENAME

रेडियो सिन्धुलीगढी, २५ भदौ २०८३, बिहिबार ।

स्कुटर र मोटरसाइकल चोरी मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलामाई नगरपालिका ७ निवासी २३ वर्षीय काले भनिने दीपक योञ्जन रहेका छन् ।

योञ्जनलाई सिन्धुली जिल्ला अदालतले २०८२ भदौ ८ गते स्कुटर चोरी मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो । त्यस्तै, २०८२ भदौ १ गते सोही अदालतको अर्को फैसलाले मोटरसाइकल चोरी मुद्दामा समेत १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

अदालतको फैसलापछि कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका योञ्जनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका योञ्जनलाई आवश्यक कानुनी कारबाहीका लागि सिन्धुली जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

दुध तथा दुग्धजन्य पदार्थको आफुखुसी मूल्य वृद्धि नगर्न व्यापारीहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आग्रह 

रेडियो सिन्धुलीगढी, २८ भदौ २०८३, आईतबार । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दुध तथा दुग्धजन्य पदार्थको मूल्य आफूखुसी वृद्धि गरी बिक्री वितरण नगर्न

SITENAME

बाढीपीडितका लागि सिड्स नेपाल र अध्यक्ष घिमिरेद्वारा १ लाख २ हजार सहयोग

रेडियो सिन्धुलीगढी, २५ भदौ २०८३, बिहिबार । गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सिड्स नेपाल सिन्धुलीले आर्थिक

SITENAME

प्लान र ह्याण्ड्स नेपालद्धारा चालु आवमा कमलामाईमा संचालन हुने परियोजनाहरुको प्रारम्भिक बैठक सम्पन्न 

रेडियो सिन्धुलीगढी, २५ भदौ २०८३, बिहिबार । प्लान इन्टरनेश्नल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल सिन्धुलीद्वारा जिल्लाको कमलामाई