प्लान र ह्याण्ड्स नेपालद्धारा चालु आवमा कमलामाईमा संचालन हुने परियोजनाहरुको प्रारम्भिक बैठक सम्पन्न

रेडियो सिन्धुलीगढी, २५ भदौ २०८३, बिहिबार ।
प्लान इन्टरनेश्नल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल सिन्धुलीद्वारा जिल्लाको कमलामाई नगरपालिकामा संचालन हुने परियोजनाको प्रारम्भिक बैठक हिजो बुधबार सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८३/०८४ मा नगरभित्रका आर्थिक अवस्था कमजोर भई विद्यालय शिक्षाबाट वञ्चित भएका बालबालिकाको सशक्तीकरणलाई प्राथमिकतामा राखेर विभिन्न परियोजना सञ्चालन गरिने जनाईएको छ ।
कार्यक्रममां नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले आर्थिक अभावका कारण विद्यालय जान नसकेका तथा प्रत्याभूत बालबालिकाहरूको अधिकार सुनिश्चित गर्न नगरपालिका सदैव साझेदारी गर्न तयार रहेको बताउँनु भयो । नगरपालिकाभित्र शैक्षिक रूपान्तरणका लागि सञ्चालित कार्यक्रमहरूलाई अझ प्रभावकारी र लक्षित वर्ग केन्द्रित बनाउनुपर्नेमा उहाँले जोड दिनु भयो ।
ह्याण्ड्स नेपाल सिन्धुलीका अध्यक्ष वासुदेव अधिकारीले संस्थाले शिक्षा क्षेत्रसँगै अब आर्थिक सशक्तीकरण, युवा उद्यमशीलता, रोजगारी प्रवद्र्धन तथा कृषि उत्पादनका क्षेत्रमा समेत कार्यक्रमहरू जोड्दै लैजाने नीति लिएको स्पष्ट पार्नुभयो ।
बैठकमा ह्याण्ड्स नेपालका प्रतिनिधिहरू रामानान्द बैठा, कमला लामा र अमृत पाख्रिनले पालिकाभर सञ्चालन हुने आगामी कार्यक्रम तथा गतिविधिको विस्तृत खाका प्रस्तुत गर्नुभएको थियो ।
जीएसएस परियोजनाका कार्यक्रम संयोजक नवराज श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा कमलामाई नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्षहरू, जनप्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

दुध तथा दुग्धजन्य पदार्थको आफुखुसी मूल्य वृद्धि नगर्न व्यापारीहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आग्रह
रेडियो सिन्धुलीगढी, २८ भदौ २०८३, आईतबार । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दुध तथा दुग्धजन्य पदार्थको मूल्य आफूखुसी वृद्धि गरी बिक्री वितरण नगर्न

बाढीपीडितका लागि सिड्स नेपाल र अध्यक्ष घिमिरेद्वारा १ लाख २ हजार सहयोग
रेडियो सिन्धुलीगढी, २५ भदौ २०८३, बिहिबार । गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सिड्स नेपाल सिन्धुलीले आर्थिक

स्कुटर र मोटरसाइकल चोरी मुद्दाका फरार प्रतिवादी एक वर्षपछि पक्राउ
रेडियो सिन्धुलीगढी, २५ भदौ २०८३, बिहिबार । स्कुटर र मोटरसाइकल चोरी मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई जिल्ला





प्रतिकृया दिनुहोस