सिन्धुलीबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २८ लाख ९२ हजार ५ सय ५५ रुपैयाँ जम्मा

रेडियो सिन्धुलीगढी, २३ भदौ २०८३, मंगलबार ।
सिन्धुलीबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २८ लाख ९२ हजार ५ सय ५५ रुपैयाँ जम्मा भएको छ । भदौ १० गते भोटकोसी नदीमा आएको बाढीबाट प्रभावितहरुको खोज, उद्धार तथा राहतका लागी आज भदौ २२ गते सोमबार सम्म उद्धार कोषमा सो रकम जम्मा भएको हो ।
जिल्लाका संस्थागत विद्यालय, सामुदायिक वन, टोल सुधार समिति, सहकारी संस्थाहरु बालक्लब लगायत अन्य संघ संस्थाहरु तथा व्यक्तिगत रुपमा पनि उद्धार कोषमा रकम जम्मा भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
कार्यालयकाा अनुसार उद्धार कोषमा भगवती अंग्रजी बोर्डिङ स्कुलबाट १ लाख ५ हजार र सोहि बोर्डिङको बाल क्लबबाट १ लाख ३२ हजार ७ सय रुपैया, मानव कल्याण समाज सिन्धुलीबाट २४ हजार ४ सय १५ रुपैयाँ, न्यू स्टार एकेडेमि बोर्डिङ स्कुलबाट ४५ हजार, सुर्योदय इङ्लिस बोर्डिङ स्कुलबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ, लिटिल हेडर रिडर गार्डेन एण्ड मन्टेश्वरीबाट १५ हजार १ सय ११, साइनिङ्ग मुन एकेडेमीबाट ५१ हजार १ सय ११ रुपैयाँ जम्मा भएको छ ।
यस्तै, सिन्धुली एकता सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभबाट ५१ हजार १ सय ११ रुपैयाँ, माढीबजार २ टोल विकास संस्थाबाट ५१ हजार २ सय ५ रुपैयाँ, नेपाल वन पैदावार व्यवसायी संघ सिन्धुलीबाट ३ लाख, होटल संघ नेपाल सिन्धुली (हान) बाट १ लाख ४ हजार २ सय ८५ रुपैयाँ र कशुमटार सामुदायिक वन उपभोक्ता समुह कनपा २ बाट ५० हजार १ सय ५ रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
साथै, व्यक्तिगत रुपमा कुमार श्रेष्ठले ४८ हजार रुपैयाँ, प्रेमचन्द्र दहालले ५० हजार रुपैयाँ, कनपा ७ की सानुमैया राईले ३० हजार १ सय ३१ रुपैयाँ, राष्ट्रिय प्रजातन्त्र पार्टि सिन्धुलीका पुर्व उपाध्यक्ष भिम प्रकाश श्रेष्ठले २५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा रकम जम्मा गर्नुभएको छ ।
त्यस्तै, राटमाटा प्लानिङ टोल विकास संस्थाबाट ८२ हजार २ सय ८१ रुपैयाँ, शान्ति नगर टोल सुधार समितिबाट ५१ हजार, बैकासुरेन्स क्लब सिन्धुलीबाट ८३ हजार ३ सय ३५ रुपैयाँ र सिन्धुली साकोसबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ फाइभ स्टार इंग्लिस बोर्डिङ स्कुलबाट ३५ हजार ५ सय ३५, कमला एकेडेमीक स्कुलबाट १ लाख १३ हजार, कारागार कार्यालय सिन्धुलीका कैदी बन्दीहरुबाट १ लाख ६० हजार, कमला मावि ढुङ्ग्रेबासका २०३९ सालका एसएलसी ब्याजका पुर्व विद्यार्थी समाजबाट २७ हजार १ सय ८६, मिलिजुली बचत तथा ऋण सहकारी संस्थाबाट ५५ हजार, पपुलर यातायात प्रालिबाट ४० हजार ५ सय ५५ र सुमित किराना पसलबाट १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
कार्यालयका अनुसार माथिल्लो राजपानी महिला समुहबाट ३० हजार ६ सय, जनज्योति माविका विद्यार्थीहरुबाट २९ हजार ३ सय ७०, साना किसान कृषि सहकारी संस्थाबाट १५ हजार १ सय ५५, सिन्धुली निमार्ण व्यवसायी संघबाट १ लाख ५१ हजार, छिमेकी महिला समुहबाट १५ हजार, जनता बहुउदेश्ययीय सहकारीबाट ११ हजार १ सय १, सिन्धुली गुरुकुल कलेजबाट २५ हजार, मरिण युवा समाजबाट २२ हजार २ सय ५० र स्वर्णिम भविष्य बचत तथा ऋण सहकारीबाट ६८ हजार सहयोग रकम जम्मा भएको छ ।
यस्तै, भावनी मावि तीनपाटन २ बाट १० हजार ६ सय ४०, शुक्रदेव बराल स्मृति प्रतिष्ठान कनपा ६ रातमाटाबाट ६५ हजार २ सय ५३, सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टबाट २ लाख रुपैयाँ, सरल बचत तथा ऋण सहकारीबाट २५ हजार ५ सय ५५, राष्टसेवक बचत तथा ऋण सहकारीबाट ३० हजार ५ सय ५५, सिद्धबाबाट इङ्गलिस बोर्डिङ स्कुलबाट ६५ हजार, ५ रुपैयाँ, नरेन्द्र सुनचादी पसलबाट १ लाख १ हजार १ सय ११ र ढुङ्ग्रेबास टोल विकास संस्थाबाट ४६ हजार ५ सय ६२ गरि कुल २८ लाख ९२ हजार ५ सय ५५ रुपैयाँ उक्त राहत कोषमा जम्मा भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

दुध तथा दुग्धजन्य पदार्थको आफुखुसी मूल्य वृद्धि नगर्न व्यापारीहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आग्रह
रेडियो सिन्धुलीगढी, २८ भदौ २०८३, आईतबार । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दुध तथा दुग्धजन्य पदार्थको मूल्य आफूखुसी वृद्धि गरी बिक्री वितरण नगर्न

बाढीपीडितका लागि सिड्स नेपाल र अध्यक्ष घिमिरेद्वारा १ लाख २ हजार सहयोग
रेडियो सिन्धुलीगढी, २५ भदौ २०८३, बिहिबार । गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सिड्स नेपाल सिन्धुलीले आर्थिक

स्कुटर र मोटरसाइकल चोरी मुद्दाका फरार प्रतिवादी एक वर्षपछि पक्राउ
रेडियो सिन्धुलीगढी, २५ भदौ २०८३, बिहिबार । स्कुटर र मोटरसाइकल चोरी मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई जिल्ला





प्रतिकृया दिनुहोस