भोटेकोसी बाढीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै कमलामाईमा दीप प्रज्वलन

SITENAME

रेडियो सिन्धुलीगढी, २२ भदौ २०८३, सोमबार ।

गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा परी दिवंगत भएकाहरुको चिरशान्तिको कामना तथा घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कमलामाई नगरपालिकाले दीप प्रज्वलन गरेको छ । नगरपालिकाको कार्यालय अगाडी आज सोमबार दीप प्रज्वलन गरिएको हो । 

कार्यक्रममा कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले विपत्तिमा परेर ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले विपत्तिबाट उत्पन्न कठिन परिस्थितिमा सबै एकजुट भएर प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनामा जुट्नुपर्ने बताउनुभयो ।

प्राकृतिक विपत्तिबाट अपुरणीय क्षति व्यहोरेका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीप्रति ऐक्यबद्धता र शान्तिको कामना स्वरुप दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटा, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्की, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, उद्योगी व्यवसायी, पत्रकार लगायत नगरवासीहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

दुध तथा दुग्धजन्य पदार्थको आफुखुसी मूल्य वृद्धि नगर्न व्यापारीहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आग्रह 

रेडियो सिन्धुलीगढी, २८ भदौ २०८३, आईतबार । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दुध तथा दुग्धजन्य पदार्थको मूल्य आफूखुसी वृद्धि गरी बिक्री वितरण नगर्न

SITENAME

बाढीपीडितका लागि सिड्स नेपाल र अध्यक्ष घिमिरेद्वारा १ लाख २ हजार सहयोग

रेडियो सिन्धुलीगढी, २५ भदौ २०८३, बिहिबार । गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सिड्स नेपाल सिन्धुलीले आर्थिक

SITENAME

स्कुटर र मोटरसाइकल चोरी मुद्दाका फरार प्रतिवादी एक वर्षपछि पक्राउ

रेडियो सिन्धुलीगढी, २५ भदौ २०८३, बिहिबार । स्कुटर र मोटरसाइकल चोरी मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई जिल्ला