कमलामाई नगरपालिकाले आज बेलुका दीप प्रज्वलन कार्यक्रम गर्ने

रेडियो सिन्धुलीगढी, २२ भदौ २०८३, सोमबार ।
गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा परी दिवंगत भएकाहरुको चिरशान्तिको कामना तथा घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कमलामाई नगरपालिकाले दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नगरपालिकाले आज (सोमबार) एक सूचना जारी गर्दै उक्त प्राकृतिक विपत्तिबाट अपुरणीय क्षति व्यहोरेका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीप्रति ऐक्यबद्धता र शान्तिको कामना स्वरुप दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्न लागिएको जनाएको हो ।
आज बेलुका ५.१५ बजेको समयमा नगरपालिकाको कार्यालय भवन अगाडी दीप प्रज्वलन गरिने सुचनामा उल्लेख गरिएको छ ।
कार्यक्रममा उपस्थितिका लागी नगरपालिकाले सम्पुर्ण नगरबासी, राजनितिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, विकास अड्डाका कर्मचारीहरु, उद्योग व्यवसायीहरु, पत्रकार लगायत सम्पुर्ण सरोकारवालहरुलाई सुचना मार्फत अनुरोध गरेको छ ।


दुध तथा दुग्धजन्य पदार्थको आफुखुसी मूल्य वृद्धि नगर्न व्यापारीहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आग्रह
रेडियो सिन्धुलीगढी, २८ भदौ २०८३, आईतबार । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दुध तथा दुग्धजन्य पदार्थको मूल्य आफूखुसी वृद्धि गरी बिक्री वितरण नगर्न

बाढीपीडितका लागि सिड्स नेपाल र अध्यक्ष घिमिरेद्वारा १ लाख २ हजार सहयोग
रेडियो सिन्धुलीगढी, २५ भदौ २०८३, बिहिबार । गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सिड्स नेपाल सिन्धुलीले आर्थिक

स्कुटर र मोटरसाइकल चोरी मुद्दाका फरार प्रतिवादी एक वर्षपछि पक्राउ
रेडियो सिन्धुलीगढी, २५ भदौ २०८३, बिहिबार । स्कुटर र मोटरसाइकल चोरी मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई जिल्ला





प्रतिकृया दिनुहोस