बालिकामाथि जबरजस्ती करणीको आरोपमा पक्राउ परेका युवकलाई कडा कारबाहीको माग गर्दै विद्यार्थीको प्रदर्शन

SITENAME

सिन्धुली, १५ भदौ २०८३, सोमबार ।

१० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका युवकलाई कडा कारबाहीको माग गर्दै सिन्धुलीमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।

कमलामाई नगरपालिका ४ ढुङ्ग्रेबासस्थित कमला माध्यमिक विद्यालयका विद्यार्थीहरूले बजारएरियाभित्र विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले बालिकामाथि भएको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् । उनीहरुले आरोपित युवकलाई कडा सजाय दिनुपर्ने तथा पीडित बालिकाले न्याय पाउनुपर्ने माग गरेका हुन् ।

हिजो आइतबार कनपा ४ को झोलुङ्गे पुलमुनि ग्वाङ खोलामा नुहाइरहेकी १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा सिन्धुली प्रहरीले २३ वर्षीय एक युवकलाई पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

भोटेकोशी बाढीबाट उद्धार गरिएका कनपा ११ का चार जना घर फर्किए

रेडियो सिन्धुलीगढी, १४ भदौ २०८३, आईतबार । गत बुधबार भोटेकोसी नदीमा आएको बिनासकारी बाढी पश्चात सम्पर्कविहिन भएका सिन्धुलीका ४ जनाको सकुशल उद्धार गरी

SITENAME

सुनकोसी ३ झाङ्गाझोली रातमाटामा १५ शैयाको आधारभूत अस्पतालको शिलान्यास 

रेडियो सिन्धुलीगढी, १४ भदौ २०८३, आईतबार । सिन्धुलीको सुनकोसी गाउँपालिका ३ झाङ्गाझोली रातमाटामा १५ शैयाको आधारभूत अस्पताल निर्माणको हुने भएको छ । आज

SITENAME

बालिकालाई जवरजस्ती करणी गर्ने एक युवक पक्राउ

रेडियो सिन्धुलीगढी, १४ भदौ २०८३, आईतबार ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीले १० बर्षीया बालिकालाई जवरजस्ती करणी गर्ने २३ बर्षीय युवकलाई पक्राउ