भोटेकोशी बाढीबाट उद्धार गरिएका कनपा ११ का चार जना घर फर्किए

रेडियो सिन्धुलीगढी, १४ भदौ २०८३, आईतबार ।
गत बुधबार भोटेकोसी नदीमा आएको बिनासकारी बाढी पश्चात सम्पर्कविहिन भएका सिन्धुलीका ४ जनाको सकुशल उद्धार गरी जिल्ला ल्याईएको छ । उद्धार गरिएका मध्ये जिल्लाको कमलामाई नगरपालिका ११ का भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीलाई आज आफ्नै जिल्ला सिन्धुली ल्याईएको हो । बाढीमा परी सम्पर्कविहिन भएका मध्ये हालसम्म सिन्धुलीका २९ जनाको उद्धार गरिएको छ । अझै धेरै व्यक्तिहरु सम्पर्कमा आउँन सकेका छैनन् । उनीहरुको खोजी भईरहेको छ।
उहाँहरुलाई नेपाली सेना, स्थानीय प्रशासन तथा कनपा ११ का वडा सदस्य अजय दोङलगायतको समन्वय र पहलमा उद्धार गरि सिन्धुली ल्याईएको हो ।
उहाँहरूलाई लिन नगरपालिकाबाट सवारीसाधन पठाईएको र नगरपालिकामा ल्याएर आवश्यक सम्मान तथा सहयोगसहित सुरक्षित रूपमा घरसम्म पु¥याएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले जानकारी दिनुभयो । उद्धार भई फर्किएका प्रत्येक नगरवासीलाई १० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गर्दै उहाँले उहाँहरुलाई ट्र्याकसुट समेत प्रदान गर्नुभयो ।

सुनकोसी ३ झाङ्गाझोली रातमाटामा १५ शैयाको आधारभूत अस्पतालको शिलान्यास
रेडियो सिन्धुलीगढी, १४ भदौ २०८३, आईतबार । सिन्धुलीको सुनकोसी गाउँपालिका ३ झाङ्गाझोली रातमाटामा १५ शैयाको आधारभूत अस्पताल निर्माणको हुने भएको छ । आज

बालिकालाई जवरजस्ती करणी गर्ने एक युवक पक्राउ
रेडियो सिन्धुलीगढी, १४ भदौ २०८३, आईतबार । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले १० बर्षीया बालिकालाई जवरजस्ती करणी गर्ने २३ बर्षीय युवकलाई पक्राउ
सुनकोशी नदी तटीय तथा आसपासका क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्क रहन गोलन्जोर गाउँपालिकाको अनुरोध
रेडियो सिन्धुलीगढी, १४ भदौ २०८३, आईतबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ । सुनकोशी नदी






प्रतिकृया दिनुहोस