सुनकोसी ३ झाङ्गाझोली रातमाटामा १५ शैयाको आधारभूत अस्पतालको शिलान्यास

रेडियो सिन्धुलीगढी, १४ भदौ २०८३, आईतबार ।
सिन्धुलीको सुनकोसी गाउँपालिका ३ झाङ्गाझोली रातमाटामा १५ शैयाको आधारभूत अस्पताल निर्माणको हुने भएको छ । आज (आईतबार) गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइराला, प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल, वडा नम्बर ३ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, अन्य वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँपालिकामा सक्रिय सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न शाखाका शाखा प्रमुखहरू, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू एवं जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको उपस्थितिमा अस्पतालको शिलान्यास गरिएको हो ।
संघिय सरकार र गांउपालिकाको गरी कुल १६ करोड ६३ लाख ५ सय ६३ रुपैयाँ लागतमा अस्पताल निमार्ण हुने छ । अस्पताल निमार्णका लागी सुवेदी–की वेस्ट जेभी, मन्थली–१, रामेछापबिच सम्झौता भएको छ । सम्झौता अनुसार अस्पताल २०८४ पुससम्म निमार्ण सम्पन्न गर्नुपर्ने छ ।
शिलान्यास कार्यक्रममा वक्ताहरुले निर्धारित समयमै गुणस्तरीय र पारदर्शी ढङ्गले अस्पताल निर्माण सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

भोटेकोशी बाढीबाट उद्धार गरिएका कनपा ११ का चार जना घर फर्किए
रेडियो सिन्धुलीगढी, १४ भदौ २०८३, आईतबार । गत बुधबार भोटेकोसी नदीमा आएको बिनासकारी बाढी पश्चात सम्पर्कविहिन भएका सिन्धुलीका ४ जनाको सकुशल उद्धार गरी

बालिकालाई जवरजस्ती करणी गर्ने एक युवक पक्राउ
रेडियो सिन्धुलीगढी, १४ भदौ २०८३, आईतबार । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले १० बर्षीया बालिकालाई जवरजस्ती करणी गर्ने २३ बर्षीय युवकलाई पक्राउ
सुनकोशी नदी तटीय तथा आसपासका क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्क रहन गोलन्जोर गाउँपालिकाको अनुरोध
रेडियो सिन्धुलीगढी, १४ भदौ २०८३, आईतबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ । सुनकोशी नदी






प्रतिकृया दिनुहोस