४४ औ विश्व खाद्य दिवस सिन्धुलीमा मनाईयो

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०६ कार्तिक २०८१, मंगलबार ।

४४ औ विश्व खाद्य दिवस सिन्धुलीमा पनि मनाईएको छ ।  बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विकास निर्देशनालय कृषि विकास कार्यालय, सिन्धुलीको आयोजनामा ‘सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार’ मूल नाराका साथ मंगलबार (आज) ४४ औँ विश्व खाद्य दिवस मनाईएको हो ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले आम नागरिकहरुले विषरहित पौष्टिक खानामा जोड दिनुपर्ने बताउँनु भयो ।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा यो दिवस मनाउँदै आईएकोे छ । सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २० औँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित गरे अनुरूप सन् १९८१ देखि विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँन थालिएको हो । नेपालको संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्की, कृषि विकास कार्यालय, सिन्धुलीका प्रमुख अरुण खनाल, पालिकाका कृषि प्राविधिक लगायतको. उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोसीको बेलिब्रिज सञ्चालनमा 

सिन्धुली । सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोसीको बेलिब्रिज सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले

radiosindhuligadhhi

सिन्धुलीमा थप ३/३ जनामा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण पुष्टि

सिन्धुली । सिन्धुलीमा हिजो शुक्रबार थप ३÷३ जनामा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । दुधौली नगरपालिकाका एक महिला, एक पुरुष र तिनपाटन

radiosindhuligadhhi

चाडपर्व आफ्नो गक्ष अनुसार मात्रै मनाउन वडा अध्यक्ष थापाको आग्रह

रेडियो सिन्धुलीगढी, २३ असोज २०८१, बुधबार । नेपालीहरुको महानचाड दशै, तिहार तथा छठ पर्वको अबसर पारेर कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको फुलबारी टोल