आयुर्वेद सेवाको प्रवर्धन गर्न पत्रकारहरुसँग अन्तरक्रिया 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १३ असार २०८१, बिहिबार । 

आयुर्वेद सेवाको प्रवर्धन गर्न स्थानीय स्तरका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीको आयोजनामा जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका प्रमुख डा.अर्जुन उपाध्यायले आयुर्वेद स्वास्थ्य केन्द्रबाट संचालित सेवाहरु, आर्थिक बर्ष २०८०/८१ मा सञ्चालन गरिएको कार्यक्रम, कार्यक्रम कार्यान्वयनमा देखा परेका मृख्य समस्या  तथा चुनौती र समाधानका उपायहरुको बारेमा जानकारी गराउँनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पत्रकार महासँघ सिन्धुलीका सभापती कृष्णहरि घिमिरेले समग्र स्वास्थलाईनै सुधार गर्न सक्ने सबैभन्दा ठुलो तागत आयुर्वेदमा भएको बताउँनु भयो । 

त्यस्तै, प्रमुख जिल्ला अधिकारी भरत खनालले आयुर्वेद स्वास्थ्य केन्द्रले निशुल्क रुपमा धेरै सेवाहरु प्रदान गर्दै आएता पनि प्रचार प्रसारको कमीले नागरिकहरुले लाभ लिन नसकेको बताउँनु भयो । आयुर्वेद औषधीको महत्व र फाईदाबारे जिल्लाका कुना कुनामा रहेका नागरिक सामु पु¥याउँनका लागी प्रचार प्रसार गरिदिन पत्रकारहरुलाई आग्रह गर्नुभयो । 

यस केन्द्रबाट हाल बहिरंग सेवा, भिडियो एक्सरे (अल्ट्रसाउन्ड) सेवा, निशुल्क फिजियोथेरापी सेवा, ल्याब सेवा, अग्नि कर्म र वस्तिकर्म सेवा, अकुपन्चर सेवा, क्षारसुत्र सेवा, निःशुल्क औषधी वितरण तथा फार्मेसी सेवा, पुर्वकर्म र पंचकर्म सेवा, जेष्ठ नागरिक स्वास्थ्य प्रर्वधन सेवा, स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवद्र्धक औषधी वितरण, निशुल्क पथ्य आहार कार्यक्रम, मुख्य मन्त्री जनता स्वास्थ्य कार्यक्रम, जीवनशैली परामर्श तथा स्वस्थ जीवन कार्यक्रम, जानुसंधिगत वात पुनस्र्थापना कार्यक्रम, निःशुल्क योग परामर्श लगायतको सेवा प्रदान गरिदै आईएको छ । 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका प्रमुख डा.अर्जुन उपाध्यायको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी भरत खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न संचारमाध्यममा आवद्ध संचारकर्मी, आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

४४ औ विश्व खाद्य दिवस सिन्धुलीमा मनाईयो

रेडियो सिन्धुलीगढी, ०६ कार्तिक २०८१, मंगलबार । ४४ औ विश्व खाद्य दिवस सिन्धुलीमा पनि मनाईएको छ ।  बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास

radiosindhuligadhhi

सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोसीको बेलिब्रिज सञ्चालनमा 

सिन्धुली । सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोसीको बेलिब्रिज सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले

radiosindhuligadhhi

सिन्धुलीमा थप ३/३ जनामा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण पुष्टि

सिन्धुली । सिन्धुलीमा हिजो शुक्रबार थप ३÷३ जनामा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । दुधौली नगरपालिकाका एक महिला, एक पुरुष र तिनपाटन