तीनपाटन गाउँपालिकाको १४ औँ गाउँसभा अधिवेशन सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १० असार २०८१, सोमबार । 

सिन्धुली जिल्ला स्थित तीनपाटन गाउँपालिकाको १४ औँ गाउसभा अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरको अध्यक्षतामा सभा सञ्चालन भएको थियो । बागमती प्रदेशको गाउँ नगर जिल्ला सभा सञ्चालन कार्यविधि ऐन २०७५ बमोजिम गाउँसभाको १४ औँ अधिवेशन सञ्चालन गरिएको सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१।०८२ को  ८१ करोड ५० लाख ३५ पैसा बराबरको अनुमानित  कूल आय र व्यय गाउँपालिकाका उपाध्यक्ष धन बहादुर पुलामी (अशोक) ले प्रस्तुत गर्नुभएको थियो ।

तीनपाटन गाउँपालिकाको आगामी आर्थिक वर्षको लागि कृषि, पशुपक्षि, सहकारी र आन्तरिक आय, उद्यम सिप र रोजगार सामाजिक विकास क्षेत्र अन्तर्गत शिक्षा, स्वास्थ्य, आयुर्वेद, बहुक्षेत्रीय पोषण प्रवर्द्धन र सामाजिक सुरक्षा, खानेपानी र सरसफाइ, खेलकुद पूर्वाधार विकास क्षेत्र, वन वातावरण तथा विपद व्यवस्थापन, संथागत विकास तथा सेवा प्रवाह लगायत विभिन्न ८१ वटा विधाहरुलाई समेट्दै गाउँसभाको १४औँ अधिवेशनको पहिलो बैठक प्रारम्भ भएको जानकारी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरले जानकारी दिनुभयो । असार २१ गते विहान ११.०० बजेका लागि १४ औं गाउँ सभाको दोस्रो बैठक निर्धारण भएको छ । 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

४४ औ विश्व खाद्य दिवस सिन्धुलीमा मनाईयो

रेडियो सिन्धुलीगढी, ०६ कार्तिक २०८१, मंगलबार । ४४ औ विश्व खाद्य दिवस सिन्धुलीमा पनि मनाईएको छ ।  बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास

radiosindhuligadhhi

सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोसीको बेलिब्रिज सञ्चालनमा 

सिन्धुली । सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोसीको बेलिब्रिज सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले

radiosindhuligadhhi

सिन्धुलीमा थप ३/३ जनामा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण पुष्टि

सिन्धुली । सिन्धुलीमा हिजो शुक्रबार थप ३÷३ जनामा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । दुधौली नगरपालिकाका एक महिला, एक पुरुष र तिनपाटन