पालिका स्तरीय बाल भेला कार्यक्रम सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०४ असार २०८१, मंगलबार । 

सिन्धुलीको कमलामाई नगरपालिकामा पालिका स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सम्पन्न भएको छ । बाल अधिकार महासन्धिले उल्लेख गरेका न्यूनतम अधिकार बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागीताकाको अधिकार सुनिश्चितको गर्न नगरपालिकाले वार्षिक योजना तर्जुमा प्रक्रियामा बालबालिका लक्षित कार्यक्रमको योजना निमार्णमा सहयोग पुग्ने उदेश्यले बाल भेला आयोजना गरिएको महिला बालबालीका तथा समाज कल्याण शाखाका बाल कल्याण अधिकारी इन्दिरा कुमारी थापाले जानकारी दिनुभयो । 

भेलाबाट पालिका स्तरिय बाल सञ्जाल गठन हुने छ र सञ्जालले आगामी आर्थिक वर्षको लागी बालबालिका लक्षित कार्यक्रको योजना बनाई पालिकामा पेश गर्नेछ । बाल भेलाको पहिलो सत्रमा कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले नगरपालिकाको बालबालीकाको हालको अवस्था र बाल अधिकार सुनिश्चित गर्न बाल क्लव र बाल सञ्जालको काम कर्तब्य र अधिकारको बारेमा सहजीकरण गर्नु भएको थियो । 

प्लान इन्टरनेशनल नेपाल र हेण्डस नेपाल सिन्धुलीको सहयोग र कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा संचालित बाल भेलामा कमलामाई नगरपालिका १ देखी १४ वडाका ६५ जना बालबालिकाहरुको सहभागीता रहेको थियो । यस भेलाले कुशल थापा (दिवस) को अध्यक्षतामा २१ सदस्यीय बाल सञ्जाल गठन गरेको छ । 

कमलामाई नगरपालिकाकी उप प्रमुख श्री मञ्जु देवकोटाको अध्यक्षता तथा कमलामाइ नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वडा नंं ५,६ र ९ का वडा अध्यक्ष, विभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

४४ औ विश्व खाद्य दिवस सिन्धुलीमा मनाईयो

रेडियो सिन्धुलीगढी, ०६ कार्तिक २०८१, मंगलबार । ४४ औ विश्व खाद्य दिवस सिन्धुलीमा पनि मनाईएको छ ।  बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास

radiosindhuligadhhi

सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोसीको बेलिब्रिज सञ्चालनमा 

सिन्धुली । सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोसीको बेलिब्रिज सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले

radiosindhuligadhhi

सिन्धुलीमा थप ३/३ जनामा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण पुष्टि

सिन्धुली । सिन्धुलीमा हिजो शुक्रबार थप ३÷३ जनामा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । दुधौली नगरपालिकाका एक महिला, एक पुरुष र तिनपाटन