स्याल्स परियोजनाको नगरपालिका स्तरीय समन्वय तथा समिक्षा भेला कार्यक्रम सम्पन्न

radiosindhuligadhhi


रेडियो सिन्धुलीगढी, ०४ असार २०८१, मंगलबार ।

युवा आवद्धता द्धारा स्थानीय तहको जवाफदेहिता अभिबृद्धी (स्याल्स) परियोजनाको नगरपालिका स्तरीय समन्वय तथा समिक्षा भेला कार्यक्रम सम्पन्न भएको । मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल) सिन्धुलीको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र कमलामाई नगरपालिका सिन्धुलीको साझेदारीमा भएको समिक्षा कार्यक्रम आज मंगलबार सम्पन्न भएको हो ।

समाजमा रहेका युवा वर्गलाई स्थानीय तहको काम, कर्तव्य र अधिकार प्रति जवाफदेहिता अभिवृद्धिका लागी सुनिश्चित गराउँने, युवा वर्गको वहुआयामिक स्वविकासमा ठोस बल पुग्ने कार्यमा उत्पे्ररक बन्ने र विद्यमान संचारका माध्यमबाट आफ्नो आवाज अरु समक्ष सुन्न र सुनाउँन योग्य युवा शक्तिको विकास गर्ने उदेश्यले यो परियोजना संचालन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै शिद्धबाबा मा.वि पानीट्याङ्कीका प्रधानाध्यापक टोम प्रसाद काफ्लेले आफ्नो विद्यालयमा सिन्धुली जिल्लाका मात्र नभई अन्य जिल्लाहरुबाट पनि विद्यार्थीहरु अध्ययनका लागी आउँने गरेकाले विद्यालयमा छात्राबासको आवश्यकता रहेको बताउँनु भयो । यसका लागी स्थानीय तहसँग छलफल भईरहेको बताउँदै उहाँले स्थानीय सरकार, प्रदेश, संघ र गैर सरकारी संस्थाहरुले सहयोग गरेमात्र छात्रावासका लागी भवन निमार्ण गर्न सकिने बताउँन भयो । सामाजिक विकासका २ वटा पाटाहरु स्वास्थ्य र शिक्षामा विकास गर्न नसकेमा विकास भएको ग्यारेन्टी नहुने उहाँको भनाई छ ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा गरिएको स्कोरिङ बाट यस क्षेत्रको समस्या पहिचान भएको बताउँदै कमलामाई नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष राजन न्यौपानेले अबको बजेट पुर्वाधारमा मात्र नभई मानव शंसाधनको विकासमा पनि विनियोजन गरिने बताउँनु भयो ।

कमलामाई नगरपालिकाका नगर शिक्षा अधिकारी शंकरराज लूईटेलले युवा वर्गको क्षमता विकासको साथसाथै समस्या पहिचान गरि समस्या समधानमा लागी सम्बन्धित विद्यालय र स्वास्थ्य चौकीलाई घचघचाईरहने र पहल गर्ने काम गरेकाले यो परियोजना अन्तर्गतका कार्यक्रम कमलामाई नरपालिकाका सबै वडामा संचालन हनु आवश्यक रहेको बताउँनु भयो ।
सिन्धुलीको कमलामाई नगरपालिकाका वडा नम्बर १, ५, ६, ९, १३ र १४ गरि ६ वटा वडाको १६ देखि २४ बर्ष उमेर समुहका युवाहरुलाई लक्षित गरि यो संचालन भईरहेको छ । जनवरी १ बाट सुरु भएको यस परियोजना जुन ३० सम्म संचालन हुने छ ।

कार्यक्रममा हेण्ड्स नेपाल सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारी, सामाजिक विकास शाखा प्रमुख, नगरभित्र रहेका स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, हेण्ड्स नेपाल तथा प्लान नेपाल सिन्धुलीका कर्मचारी, यूवा स्वयमसेवक लगायतको सहभागीता रहेको थियो ।
 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

४४ औ विश्व खाद्य दिवस सिन्धुलीमा मनाईयो

रेडियो सिन्धुलीगढी, ०६ कार्तिक २०८१, मंगलबार । ४४ औ विश्व खाद्य दिवस सिन्धुलीमा पनि मनाईएको छ ।  बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास

radiosindhuligadhhi

सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोसीको बेलिब्रिज सञ्चालनमा 

सिन्धुली । सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोसीको बेलिब्रिज सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले

radiosindhuligadhhi

सिन्धुलीमा थप ३/३ जनामा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण पुष्टि

सिन्धुली । सिन्धुलीमा हिजो शुक्रबार थप ३÷३ जनामा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । दुधौली नगरपालिकाका एक महिला, एक पुरुष र तिनपाटन