स्याल्स परियोजनाको नगरपालिका स्तरीय समन्वय तथा समिक्षा भेला कार्यक्रम सम्पन्न

radiosindhuligadhhi


रेडियो सिन्धुलीगढी, ०४ असार २०८१, मंगलबार ।

युवा आवद्धता द्धारा स्थानीय तहको जवाफदेहिता अभिबृद्धी (स्याल्स) परियोजनाको नगरपालिका स्तरीय समन्वय तथा समिक्षा भेला कार्यक्रम सम्पन्न भएको । मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल) सिन्धुलीको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र कमलामाई नगरपालिका सिन्धुलीको साझेदारीमा भएको समिक्षा कार्यक्रम आज मंगलबार सम्पन्न भएको हो ।

समाजमा रहेका युवा वर्गलाई स्थानीय तहको काम, कर्तव्य र अधिकार प्रति जवाफदेहिता अभिवृद्धिका लागी सुनिश्चित गराउँने, युवा वर्गको वहुआयामिक स्वविकासमा ठोस बल पुग्ने कार्यमा उत्पे्ररक बन्ने र विद्यमान संचारका माध्यमबाट आफ्नो आवाज अरु समक्ष सुन्न र सुनाउँन योग्य युवा शक्तिको विकास गर्ने उदेश्यले यो परियोजना संचालन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै शिद्धबाबा मा.वि पानीट्याङ्कीका प्रधानाध्यापक टोम प्रसाद काफ्लेले आफ्नो विद्यालयमा सिन्धुली जिल्लाका मात्र नभई अन्य जिल्लाहरुबाट पनि विद्यार्थीहरु अध्ययनका लागी आउँने गरेकाले विद्यालयमा छात्राबासको आवश्यकता रहेको बताउँनु भयो । यसका लागी स्थानीय तहसँग छलफल भईरहेको बताउँदै उहाँले स्थानीय सरकार, प्रदेश, संघ र गैर सरकारी संस्थाहरुले सहयोग गरेमात्र छात्रावासका लागी भवन निमार्ण गर्न सकिने बताउँन भयो । सामाजिक विकासका २ वटा पाटाहरु स्वास्थ्य र शिक्षामा विकास गर्न नसकेमा विकास भएको ग्यारेन्टी नहुने उहाँको भनाई छ ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा गरिएको स्कोरिङ बाट यस क्षेत्रको समस्या पहिचान भएको बताउँदै कमलामाई नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष राजन न्यौपानेले अबको बजेट पुर्वाधारमा मात्र नभई मानव शंसाधनको विकासमा पनि विनियोजन गरिने बताउँनु भयो ।

कमलामाई नगरपालिकाका नगर शिक्षा अधिकारी शंकरराज लूईटेलले युवा वर्गको क्षमता विकासको साथसाथै समस्या पहिचान गरि समस्या समधानमा लागी सम्बन्धित विद्यालय र स्वास्थ्य चौकीलाई घचघचाईरहने र पहल गर्ने काम गरेकाले यो परियोजना अन्तर्गतका कार्यक्रम कमलामाई नरपालिकाका सबै वडामा संचालन हनु आवश्यक रहेको बताउँनु भयो ।
सिन्धुलीको कमलामाई नगरपालिकाका वडा नम्बर १, ५, ६, ९, १३ र १४ गरि ६ वटा वडाको १६ देखि २४ बर्ष उमेर समुहका युवाहरुलाई लक्षित गरि यो संचालन भईरहेको छ । जनवरी १ बाट सुरु भएको यस परियोजना जुन ३० सम्म संचालन हुने छ ।

कार्यक्रममा हेण्ड्स नेपाल सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारी, सामाजिक विकास शाखा प्रमुख, नगरभित्र रहेका स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, हेण्ड्स नेपाल तथा प्लान नेपाल सिन्धुलीका कर्मचारी, यूवा स्वयमसेवक लगायतको सहभागीता रहेको थियो ।
 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

होटलमा एक पुरुष मृत फेला

रेडियो सिन्धुलीगढी, २२ असार २०८१, शनिबार । सिन्धुलीको कमलामाई नगरपालिका ६ राममाडीमा रहेको मुस्कान होटलमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला

radiosindhuligadhhi

कमलामाई नगरपालिका ९ का एकल महिलाहरुले पाए विद्युतीय चुलो 

रेडियो सिन्धुलीगढी, १७ असार २०८१, सोमबार ।  सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ का एकल महिलाहरुलाई विद्युतीय चुलो वितरण गरिएको छ । आर्थिक बर्ष

radiosindhuligadhhi

आयुर्वेद सेवाको प्रवर्धन गर्न पत्रकारहरुसँग अन्तरक्रिया 

रेडियो सिन्धुलीगढी, १३ असार २०८१, बिहिबार ।  आयुर्वेद सेवाको प्रवर्धन गर्न स्थानीय स्तरका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ । आयुर्वेद तथा