अनुसा घलान भईन लिटल मोडल सिन्धुली २०२२ सिजन ३ की विजेता 


रेडियो सिन्धुलीगढी, ०७ असार २०७९, मंगलबार/ लिटल मोडल सिन्धुली २०२२ सिजन ३ की विजेता अनुजा घलान भएकी छिन् । गत शनिबार ५ गते कमलामाई नगरपालिका ६ सिताराम पार्टी प्यालेस सिन्धुलीमा भएको फाईनलमा घलान विजेता भएकी हुन् । विजेता घलानले १५ हजार नगद पुरस्कार, क्राउन, शिल्ड, मेडल र गिफ्ट ह्याम्परको साथमा १ वर्ष सिन्धुली पाठशालामा निःशुल्क अध्ययन, न्यू बि.एस.एस. कम्प्युटरमा १ वर्ष डिप्लोमा र वरियर डान्स सेन्टरमा १ वर्ष नृत्य कक्षा निःशुल्क पाएकी छिन् । यस्तै, पुष्प लाल श्रेष्ठ प्रथम, आयुश्मा थापा द्धितिय, नियती सुनुवार र लक्ष्मी बोम्जन तृतिय भएकी छिन् । प्रतियोगितामा प्रथम भएका श्रेष्ठले क्राउन, शिल्ड मेडल र गिफ्ट ह्याम्परको साथमा समय पाठशालामा ६ महिना फुल स्कुलर्सिप, लोटस कम्युटर इन्सिच्युटमा वेसिक कम्प्युटर कोर्ष र ६ महिना नृत्य कक्षा निःशुल्क पाएका छन् । द्धितिय भएकी थापा र तृतिय भएकी सुनुवार र बोम्जनलाई क्राउन, शिल्ड, मेडल, गिफ्ट ह्याम्परको साथमा प्रमाण पत्र सहित ३ महिना वेसिक नृत्य कक्षा निःशुल्क भएको छ भने प्रतियोगितामा सहभागी अन्य सबैले प्रमाण पत्रको साथमाा ३ महिना वेसिक नृत्य कक्षा निःशुल्क पाएका छन् ।

शनिबार भएको फाईनल सेसन कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ उहाँले भन्नुभयो–“ वास्तबमा आ–आफ्नो इच्छा र रुचि अनुसार त्यसको  सम्मान गर्नुपर्छ । सा–साना भाईबहिनीहरुलाई आफ्नो समय खर्चेर प्रतिभालाई कुशलता पुर्वक यहाँ प्रस्तुत गराउनु भयो । उनीहरुको उमेर, रुचि र उनीहरुको सपना अनुसार कला प्रस्तुति गर्ने कार्यक्रम गर्नझयो । यो एकदमै महान कार्यक्रम हो ।” कार्यत्रमका लागि सहयोग कहाँ बाट भयो, कार्यक्रमलाई कसरी व्यवस्थापन गरियो आफुलाई जान्नको लागि जिज्ञसा भएको उहाँ बताउनु हुन्छ । 

“अहिले बजेट र कार्यक्रम नितिहरु बनाइरहेका छौँ । सा–साना भाईबाहिनीहरुलाई आफ्नो रुचि, कला र सपना अनुसार अगाडि बढ्न, क्षमता र व्यक्तित्व विकास गर्न महत्तवपुर्ण भुमिका खेल्ने यस्ता कला क्षेत्रलाई उकास्न स्थानीय तहले अझ धेरै भाई बहिनीलाईलाई गल्ली टोल हुदैँ राष्ट्रिय स्तरमा मात्र नभई अन्तरार्ष्टि्रय जगतमा आफ्नो रुचि र सपना अनुसार कला प्रदर्शन गर्दै अघि बढ्नका लागि बजेट विनियोजन गरेर साथ दिनुपर्नेछ ।” –उहाँले भन्नुभयो । 

स्थानीय तहको तर्फ बाट नृत्य, गायन, बतृत्वकला, नाट्य लगायत कला क्षेत्रको बिभिन्न बिधामा रहेर आफ्नो कला प्रस्तुत गरिरहेका भाई बहिनीलाई क्षमता तथा व्यक्तित्व विकास गर्न स्थानिय तहको तर्फबाट आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । 

बैशाख २५ गते देखि अडिसन गरि संचालन भएको यस कार्यक्रम सिन्धुली लिटिल मोडल २०२२  सिजन ३ मा १४ वर्ष मुनिका १७ जना बालबालिकाको सहभागिता रहेको थियो । सहभागी बालबालिकाहरुले आफु भित्रको प्रतिभा प्रस्तुत गर्ने तथा व्यक्तित्व विकास सगैँ आफुलाई सक्षम र परिवर्तनशील बनाउने अवसर पाएको वारियर डान्स सेन्टरका संचालक सन्तोष नेपाली बताउनु हुन्छ । 

 

शनिबार भएको फाइनल सेसनको उद्धाटन नगर उपप्रमुख मञ्जु देवकोटाले पानसमा बत्ति बालेर गर्नु भएको थियो । 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

यात्रा संस्मरण : सिन्धुलीदेखि धादिङसम्म

बिमला रजन मगर, २६ जेठ २०८०, शुक्रबार / जेठ १ गतेको  समय हो रात छिप्पीदै गईरहेको थियो । २ गतेको यात्रामा बागमती प्रदेसको राजधानी हेटौडा जानु थियो, यात्रा

radiosindhuligadhhi

मिसेस (MRS) तामाङ “२०२३” को अडिसन जेठ १३ गते देखि सुरु

काठमाडौं / तामाङ जातिको कला संस्कृति भेषभूषा, रितिरिवाज एबम रहन सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित तामाङनी, गृहिणीरव्यवसायिक महिला

radiosindhuligadhhi

जिल्ला स्तरीय लोक तथा दोहोरी गित प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न

रेडियो सिन्धुलीगढी, २ बैशाख २०८०, शनिबार / सिन्धुलीको कमलामाई नगरपालिका ६ खुल्ला मञ्चमा जिल्ला स्तरीय लोक तथा दोहोरी गित प्रतियोगिता तथा सास्कृतिक