सिन्धलुीमा मिस्टर एण्ड मिस सिन्धुली सुरु हुदैँ 

radiosindhuligadhhi

सिन्धलुी : सिन्धलुीमा मिस्टर एण्ड मिस सिन्धुली हुने भएको छ । मिस्टर एण्ड मिस टिनको दुई सिजन र लिटल च्याम्पियन सिन्धुलीको ठुलो सफलता पछि जिल्लामा मिस्टर एण्ड मिस सिन्धुलीको पहिलो सिजन सुरु गर्न लागिएको आयोजक वरियर डान्स सेन्टर सिन्धुलीका सयोंजक सन्तोष नेपालीले जानकारी दिनुभयो ।

अहिले राजनीतिक, कला, व्यवसाय लगायत विभिन्न क्षेत्रमा युवा वर्गको आकर्षण कम रहेको छ । प्राय युवालाई आफ्नो लक्ष्य नै थाहा छैन । आफु केमा अव्वल बन्न सकिन्छ भन्ने ज्ञात कम रहेको छ । सोही कुराहरुलाई मध्यनजर गर्दै मिस्टर एण्ड मिस सिन्धुलीको आयोजना गर्न लागिएको आयोजक टिम तथा वरियर डान्स सेन्टरका सयोंजक सन्तोष नेपालीले बताउनु भयो । 

अहिले जिल्लाका धेरै युवा युवतीहरु लागु औषधमा फसि रहेका छन् । तीे युवा युवतीहरुलाई आफुहरुले आयोजना गर्न लागेको सो मा सहभागी बनाई व्यस्त राख्न, आफ्नो लक्ष्य प्रति केन्द्रित बनाउन, आफुमा भएको प्रतिभालाई प्रस्फुटन गर्न धेरै सहयोग पु¥याउने उद्देश्यले मिस्टर एण्ड मिस सिन्धुलीको आयोजना गर्न लागिएको उहाँको भनाई छ । 

प्रतियोगितामा सहभागिताका लागि आवेदन खुलिसकेको छ । अडिसन यहि चैत १९ गतेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ । अडिसन जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ६ धुरा बजारमा रहेको आफ्नै सेन्टर वरियर डान्स सेन्टरमा हुने भएको छ । प्रतियोगितामा १६ वर्ष पूरा भई २८ वर्ष ननाघेका प्रतिस्पर्धीले सहभागिता जनाउन सक्नेछन् । अडिसनमा छानिएका प्रतिस्पर्धीलाई व्यक्तित्व विकास, फोटोशेसन र भ्रमण, नृत्य र नाटक, स्टेज पफर्मेन्स, मोटिभेशन र  पब्लिक स्पिकिङ, क्याटवाक र ग्रोमिङ लगायतका विषयमा दक्ष प्रशिक्षकहरुद्वारा प्रशिक्षण दिइने छ ।

विजयीले यी अवसरहरु सगैँ रोजगारी, नगद पुरस्कार, म्युजिक भिडियोमा नृत्य र नाटकको अवसर, कलेज स्कलरसिप, विभिन्न उपहार र विभिन्न व्यक्तित्व विकासका तालिमका अवसर पाईने छ । 

साथै, सहभागी सवैले रमणीय स्थलहरु भ्रमण गर्न पाउने छन् । सहभागिताका लागि फारम आयोजक संस्थाको कार्यालय धुरा बजार बाट प्राप्त गर्न सकिने र टाढा रहेकाहरुले फोन मार्फत फर्म भर्न सकिने छ ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

यात्रा संस्मरण : सिन्धुलीदेखि धादिङसम्म

बिमला रजन मगर, २६ जेठ २०८०, शुक्रबार / जेठ १ गतेको  समय हो रात छिप्पीदै गईरहेको थियो । २ गतेको यात्रामा बागमती प्रदेसको राजधानी हेटौडा जानु थियो, यात्रा

radiosindhuligadhhi

मिसेस (MRS) तामाङ “२०२३” को अडिसन जेठ १३ गते देखि सुरु

काठमाडौं / तामाङ जातिको कला संस्कृति भेषभूषा, रितिरिवाज एबम रहन सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित तामाङनी, गृहिणीरव्यवसायिक महिला

radiosindhuligadhhi

जिल्ला स्तरीय लोक तथा दोहोरी गित प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न

रेडियो सिन्धुलीगढी, २ बैशाख २०८०, शनिबार / सिन्धुलीको कमलामाई नगरपालिका ६ खुल्ला मञ्चमा जिल्ला स्तरीय लोक तथा दोहोरी गित प्रतियोगिता तथा सास्कृतिक