सिन्धुलीमा अवैध रुपमा ल्याएको दाना, गिटि र बालुवा प्रहरीको नियन्त्रणमा

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १० स्रावन, आईतबार/ सिन्धुलीमा अवैध रुपमा ल्याएको दाना, गिटि र बालुवा प्रहरीले नियन्त्रणमा लिएको छ । गोलन्जोर गाउँपालिका ३ प्रहरी चेकपोष्ट स्थित मध्य पहाडी लोक मार्गमा खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा सिन्धुलीबाट सुनाम बेसी आउँदै गरेको  ना ५ त ५६०५ नम्बरको ट्याक्टरको पछाडी ढालामा लोड गरी ल्याएको विना भ्याटको दाना सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ट्याक्टर चालक फिक्कल गाउँपालिका २ का २१ वर्षिय भरत सुनुवारलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 बिना भ्याट विलको ओम चाबो बिरो प्लेट फिड ईन्ड्रस्टिज प्रा.लि.काठमाण्डौको पोसक नामक ४० बोरा दाना लगाएत अन्य कुनै विल नभएकोले उक्त दाना लोड भएको ट्याक्टर, ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजश्व कार्यालय पथलैया पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

यस्तै कमलामाई नगरपालिका ७ बिपि राजमार्गमा सुनिता पेट्रोल पम्प नजिकै भिमान तर्फबाट बा ३ ख ७९६६ र बा ५ ख २६७४ नम्बरको टिफरले ल्याउदै गरेको बिना भ्याट बिलको गिटि प्रहरीले नियन्त्रणमा लिएको छ । टिफर चालक मकवानपुर बकैया गाउँपालिका ११ का २६ वर्षिय अशल घिसिङ र कमलामाई नगरपालिका १३ का ३८ वर्षिय अम्मर बहादुर माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । थप कार्वाहिको लागी राजश्व कार्यालय पथलैया पठाईएको डिएसपि लामाले बताउनुभयो ।

यस्तै अवैध रुपमा ल्याएको बालुवा, ट्याक्टर सहित चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका ७ फिटिङखोलाबाट ना ३ त ४०९९ नम्बरको ट्याकटरमा अबैध रुपमा बालुवा लोड गर्दै गरेको अबस्थामा चालक कमलमाई नगरपालिका ७ का २४ वर्षिय निकेश तामाङ नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय सिन्धुली पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस