तीनपाटनमा संचालन भएको निशुल्क दन्त शिविरमा ११ सय बढिले सेवा लिए
रेडियो सिन्धुलीगढी, १ पुष २०८१, सोमबार ।
सिन्धुलीको तीनपाटन गाउँपालिकामा निशुल्क दन्त शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा समाज डेण्टल हस्पिटल, नयाँ बानेश्वर काठमाडौको प्राविधिक सहयोगमा संचालन भएको दन्त शिविर आज सोमबार सम्पन्न भएको हो ।
मंसिर २९ गते शनिबार र ३० गते आईतबार वडा नम्बर ११ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लाम्पनटारमा संचालन भएको शिविरमा ७ सय ८३ जना दाँत सम्बन्धी समस्या भएका विरामीहरुले सेवा प्राप्त गरेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टंक बहादुर नेगीले जानकारी दिनु भयो ।
साथै, आज सोमबार वडा नम्बर १ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म संचालन भएको शिविरमा ३ सय ७८ जनाले सेवा लिएका स्थानीय कृष्ण अधिकारीले जानकारी दिनु भयो ।
गाउँपालिकामा दाँत सम्बन्धी समस्या भएका बिरामीहरुलाई सेवा प्रदान गर्ने उदेश्यले शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरले जानकारी दिनु भयो ।
विगत ३ दशक देखि सेवा प्रदान गरेको समाज डेन्टलले दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने र नयाँ दाँत हाल्ने साथै अन्य औषधीजन्य सामग्री वितरण गर्ने अभियानले आगामी दिनमा पनि आफ्नो ठाउँमा यस्ता कार्यहरु गर्न आफु प्रतिबद्ध रहेको प्रतिनिधि सभा सदस्य श्याम कुमार घिमिरेले बताउँनु भयो ।
शिविरमा उपलब्ध नभएका सेवाहरु लिनका लागी समाज डेण्टल हस्पिटल काठमाडौ आएमा विशेष छुट सहित सेवा दिईने समाज डेण्टल हस्पिटल काठमाडौका व्यवस्थापक सविन घिमिरेले बताउँनु भयो । मुुख तथा दन्त रोग विशेषज्ञ चिकित्सक र अन्य २१ जना प्राविधिकहरुको टिमले उक्त शिविरमा सेवा प्रदान गरेका थिए ।
शिविरमा तीनपाटन गाउँपालिका १ का वडा अध्यक्ष गोविन्द रायत, वडा नम्बर २ का वडा अध्यक्ष मु्कुन्द प्रसाद पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष लाल बहादुर स्याङ्तान लगायत जनप्रतिनिधि, कर्मचारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
फिक्कलमा महिलाहरुका लागी प्रजनन स्वास्थ्य शिविर संचालन हुने
रेडियो सिन्धुलीगढी, ०५ पुष २०८१, शुक्रबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा महिलाहरुका लागी प्रजनन स्वास्थ्य शिविर संचालन हुने भएको छ । फिक्कल
वि.पि.राजमार्गमा चल्ने विभिन्न सवारी साधनका चालकहरुको ला.प.से परिक्षण
सिन्धुली । वि.पि. राजमार्गमा चल्ने विभिन्न सवारी साधनका चालकहरुको लागु पदार्थ सेवन परिक्षण गरिएको छ । सवारी दुर्घटना न्युनिकरण गर्ने र सवारी साधनको
मौसम योन्जन बनिन् मरिण गाउँपालिका अध्यक्ष
रेडियो सिन्धुलीगढी, १ पुष २०८१, सोमबार । मरिण गाउँपालिका ७ की किशोरी मौसम योन्जन एकदिने पालिका अध्यक्ष बनेकी छिन् । जिएसएस परियोजना अन्तर्गत बालिका
प्रतिकृया दिनुहोस