मौसम योन्जन बनिन् मरिण गाउँपालिका अध्यक्ष
रेडियो सिन्धुलीगढी, १ पुष २०८१, सोमबार ।
मरिण गाउँपालिका ७ की किशोरी मौसम योन्जन एकदिने पालिका अध्यक्ष बनेकी छिन् । जिएसएस परियोजना अन्तर्गत बालिका तथा किशोरीको अधिकार संरक्षण, सम्बर्द्धन र सशक्तीकरण गर्ने उदेश्यले योन्जनलार्ई सोमबार एक दिनका लागि पालिका अध्यक्ष बनाइएको हो । गाउँपालिकाका अध्यक्ष विर्मश मुक्तानले किशोरी मौसम योन्जनलाई एक दिनका लागी अध्यक्ष पद हस्तान्तरण गरेका थिए ।
प्लान इन्टरनेश्नल नेपालको साझेदारी मानव तथा राष्ट्रिय विकास समाज ह्याण्डस नेपाल र जनजाती विकास समाज सिन्धुलीको आयोजनामा टेक ओभर कार्यक्रममा एकदिनका लागी अध्यक्ष बनेकि मौसम योञ्जनले पालिकामा धेरै बालविवाह हुने गरेको बताउँदै वालविवाह न्युनिकरणका लागी पालिकाले बिशेष कदम चाल्न आवश्यक रहेको तर्क राखिन् । उनले गाउँपालिकाको शिक्षा शाखा, स्वास्थ्य शाखा, सामाजिक तथा महिला वालवालिका शाखाले गरेको काम र योजना बारे जानकारी लिएकी थिईन् ।
शिक्षा शाखा प्रमुख नवराज बरालले सवै बालबालिकालाई शिक्षित बनाउँने उदेश्यका साथ गाउँपालिकाले काम गरिरहेको बताए । अन्य शाखा प्रमुखहरुले पालिकाबाट भए गरेका काम र योजनाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा उपस्थित किशोरीमध्ये एक किशोरीले पालिकाका अधिकाँश विद्यालयमा खेलकुद सामग्रीको अभाव तथा खेल मैदान नहुदाँ किशोरीहरु विभिन्न खेलकुद प्रतियोगितामा सहभागी हुनबाट बञ्चित भएको गुनासो गरिन् ।
साथै अर्की किशोरीले पालिकाका विद्यालयमा महिनावारी भएका किशोरीहरुका लागी विश्राम कक्षको व्यवस्था भएपनि एउटै वेडमा तिनजना सम्म आराम गनुपर्ने अवस्था सिर्जना हुँदा समस्या हुने गरेको बनाईन् । किशोरीहरुले राखेका जिज्ञासाहरुमा शाखा प्रमुहरुले आफ्ना आफ्ना तर्कहरु राखेका थिए । गाउँपालिकाका अध्यक्ष विर्मश मोक्तानले यस्तो अवसरले किशोरीहरुलाई अघि बढ्न प्रेरित गर्ने बताए ।
फिक्कलमा महिलाहरुका लागी प्रजनन स्वास्थ्य शिविर संचालन हुने
रेडियो सिन्धुलीगढी, ०५ पुष २०८१, शुक्रबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा महिलाहरुका लागी प्रजनन स्वास्थ्य शिविर संचालन हुने भएको छ । फिक्कल
वि.पि.राजमार्गमा चल्ने विभिन्न सवारी साधनका चालकहरुको ला.प.से परिक्षण
सिन्धुली । वि.पि. राजमार्गमा चल्ने विभिन्न सवारी साधनका चालकहरुको लागु पदार्थ सेवन परिक्षण गरिएको छ । सवारी दुर्घटना न्युनिकरण गर्ने र सवारी साधनको
तीनपाटनमा संचालन भएको निशुल्क दन्त शिविरमा ११ सय बढिले सेवा लिए
रेडियो सिन्धुलीगढी, १ पुष २०८१, सोमबार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा निशुल्क दन्त शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा समाज डेण्टल
प्रतिकृया दिनुहोस