चाडपर्व आफ्नो गक्ष अनुसार मात्रै मनाउन वडा अध्यक्ष थापाको आग्रह

radiosindhuligadhhi


रेडियो सिन्धुलीगढी, २३ असोज २०८१, बुधबार ।

नेपालीहरुको महानचाड दशै, तिहार तथा छठ पर्वको अबसर पारेर कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको फुलबारी टोल विकास संस्थाले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । टोल विकास संस्थाको प्राङ्गणमा आज बुधबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष केशव प्रसाद बराल, वडा नम्बर ६ का वडा अध्यक्ष उज्जवल कुमार थापा लगायत टोल बासीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै वडा नम्बर ६ का वडा अध्यक्ष उज्जवल कुमार थापाले आफ्नो आफ्नो गक्ष अनुसार मात्रै चाडपर्व मनाउँन आग्रह गर्नुभएको छ । चाडपर्वमा फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ रहेर दशै, तिहार मनाउन पनि उहाँले आग्रह गर्नुभयो । चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्षलाई हटाउँदै जानुपर्ने बताउँदै वडा अध्यक्ष थापाले आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर फजुल खर्च गर्ने कार्य कुनै पनि कोणबाट उचित नभएको जिकिर गर्नुभयो । चाडबाडका बेला लुटपाट र चोरीका घटना बढ्ने हुदाँ सजग रहन पनि टोलबासीलाई आग्रह गनुभयो ।

चार्डपर्वलाई लक्षित गरि गाउँ समाजमा मद्यापान, जुवा तास जस्ता समाजलाई खलल पु¥याउने कार्यलाई सबैले निर्मूल पार्नुपर्ने समेत उहाँले बताउँनु भयो । साथै, संस्थाका अध्यक्ष केशव प्रसाद बरालले फुलबारी टोललाई राम्रो बनाउँन आफु सधै लागि परेको बताउँदै सम्पुर्ण टोलबासीमा शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सिन्धुलीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

सिन्धुली । सिन्धुलीको विभिन्न ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चाडपर्वका लागि लामो तथा छोटो

radiosindhuligadhhi

सिन्धुलीमा हायस दुर्घटना हुँदा १५ जना घाईते 

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ सिस्नेरीमा हायस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । आज शुक्रबार बिहान काठमाण्डौबाट मोरङ

radiosindhuligadhhi

फिक्कलमा अलपत्र परेका यात्रुहरुको उद्धार

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका ४ खाङ्साङमा अलपत्र परेका यात्रुहरुको उद्धार गरिएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले मध्यपहाडी