सिन्धुलीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

सिन्धुली । सिन्धुलीको विभिन्न ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चाडपर्वका लागि लामो तथा छोटो यात्रामा हिँडेका यात्रुको सुरक्षित यात्राका लागि यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

चाडबाडमा हुनसक्ने लुटपाट नियन्त्रण गर्न र आपतकालीन अवस्थामा परेका यात्रुलाई तत्काल सहायता गर्ने जस्ता कार्यका लागि यात्रु सहायता कक्ष संचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनु भयो ।

उहाँका अनुसार सिन्धुलीको सदरमुकाम स्थित बसपार्क, खुर्कोट बजार, कपिलाकोटको छाप, भिमान, दुधौलीको डकाहा र दुधौली बजारमा सहायता कक्ष स्थापना गरि उद्घाटन गरिएको छ । यात्रु सहायता कक्ष छठ पर्वसम्म सञ्चालनमा रहने छ । यात्राका क्रममा असहजता महसुस भए ती सहायता कक्षमा उजुरी वा गुनासो गर्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

चाडपर्व आफ्नो गक्ष अनुसार मात्रै मनाउन वडा अध्यक्ष थापाको आग्रह

रेडियो सिन्धुलीगढी, २३ असोज २०८१, बुधबार । नेपालीहरुको महानचाड दशै, तिहार तथा छठ पर्वको अबसर पारेर कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको फुलबारी टोल

radiosindhuligadhhi

सिन्धुलीमा हायस दुर्घटना हुँदा १५ जना घाईते 

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ सिस्नेरीमा हायस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । आज शुक्रबार बिहान काठमाण्डौबाट मोरङ

radiosindhuligadhhi

फिक्कलमा अलपत्र परेका यात्रुहरुको उद्धार

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका ४ खाङ्साङमा अलपत्र परेका यात्रुहरुको उद्धार गरिएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले मध्यपहाडी