मिलिजुली बचत तथा ऋण सहकारी संस्थाको २२ औ बार्षिक साधारण सभा सम्पन्न
रेडियो सिन्धुलीगढी, ११ असोज २०८१, शुक्रबार ।
मिलिजुली बचत तथा ऋण सहकारी संस्थाको २२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उज्जवल ढकालको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष ऋषिराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम आज शुक्रबार सिन्धुलीमाढीमा सम्पन्न भएको हो ।
कार्यक्रममा उत्कृष्ट मासिक बचत कर्ता, दैनिक बचत कर्ता, बाल बचत कर्ता, उत्कृष्ट कर्मचारी, जेष्ठ नागरिक, संस्थाको सदस्य बृद्धि गर्न योगदान गर्ने एक जना सदस्यलाई सम्मान गरिएको थियोे ।
साथै, संस्थामा आबद्ध सदस्यहरुका छोराछोरी मध्ये उत्कुष्ट विद्यार्थीलाई छात्रवृद्धि स्वरुप आवश्यक किताब, स्कुल ब्याग, जुत्तामोजा, डटपेन, पन्सिल, क्यालकुलेटर लगायतका शैक्षिक सामग्रीहरु प्रदान गरिएको थियो ।
सहकरी संस्थाद्धारा आयोजित अन्तर माध्यमिक स्तरीय “समुदायमा सहकारीको महत्व” बिषयमा संचालित निबन्ध प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने ३ जना विद्यार्थीलाई क्रमश ३ हजार, २ हजार र १ हजार नगद सहित प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संस्थाका अध्यक्ष ढकालले सबैका लागी एक र एकका लागी सबै भन्ने सहकारीको विश्वव्यापी मान्यतालाई आत्मसाथ गरि संस्थाले आफ्ना शेयर धनि सदस्यहरुलाई छिटो छरितो एंव स्तरीय सेवा सुविधा दिन हरदम प्रयासरत रहेको बताउँनु भयो ।
संस्थाले आर्थिक बर्ष २०८० \ ८१ मा शुद्ध नाफा ९९ लाख ८१ हजार ६ सय २५ रुपैया ८० पैसा कमाउन सफल भएको छ । संस्थामा हाल १ हजार ४ सय १ जना बाल बचतकर्ता र ४ हजार ८ सय ९५ शेयर सदस्यहरु गरि जम्मा ६ हजार २ सय ५९ जना सदस्यहरु रहेका छन् । कार्यक्रममा संस्थाको प्रगति प्रतिबेदन संस्थाका अध्यक्ष ढकालले र आर्थिक प्रतिवेदन संस्थाका व्यवस्थापक नविन कार्कीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, लेखा समितिका संयोजक एंव सदस्यहरु, संस्थाका शेयर सदस्यहरु, संस्थाका कर्मचारी लगायत पत्रकारको उपस्थिति रहेको थियो ।
फिक्कलमा महिलाहरुका लागी प्रजनन स्वास्थ्य शिविर संचालन हुने
रेडियो सिन्धुलीगढी, ०५ पुष २०८१, शुक्रबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा महिलाहरुका लागी प्रजनन स्वास्थ्य शिविर संचालन हुने भएको छ । फिक्कल
वि.पि.राजमार्गमा चल्ने विभिन्न सवारी साधनका चालकहरुको ला.प.से परिक्षण
सिन्धुली । वि.पि. राजमार्गमा चल्ने विभिन्न सवारी साधनका चालकहरुको लागु पदार्थ सेवन परिक्षण गरिएको छ । सवारी दुर्घटना न्युनिकरण गर्ने र सवारी साधनको
तीनपाटनमा संचालन भएको निशुल्क दन्त शिविरमा ११ सय बढिले सेवा लिए
रेडियो सिन्धुलीगढी, १ पुष २०८१, सोमबार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा निशुल्क दन्त शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा समाज डेण्टल
प्रतिकृया दिनुहोस