संविधान संशोधनका विषयमा दलहरु एक ठाउँमा उभिनुपर्ने : पोखरेल
सिन्धुली । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधनका विषयमा दलहरु एक ठाउँमा उभिनुपर्ने बताउँनु भएको छ । प्रेस चौतारी नेपाल सिन्धुलीले सोमबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउँनु भएको हो ।
उहाँले संविधान संशोधन गर्दा कुन विधिबाट गर्ने र कुन कुन विषयमा गर्ने विषय महत्वपूर्ण रहेको बताउँर्दै संविधान संशोधन नेपालका सबै राजनीतिक दलहरुसँग सहमति गरेर मात्र गरिने बताएका छन ।
उहाँले संघियता, गणतन्त्र, समावेशीतालाई कमजोर बनाउने, सामानुपातिक सहभागीतालाई कमजोर बनाउने गरि संविधान संशोधन गर्न एमालेले नदिने बताउँनु भयो । गठबन्धन कहिलेसम्म रहने भन्ने प्रश्न नगरि हेर्दै जान पनि उनले आग्रह गरेका छन । कांग्रेस र कम्युनिष्टहरूको दुई आयामिक सम्बन्ध रहेको उहाँको भनाई छ ।
उनले भने, ‘अहिलेको संकट टार्न, मुलुकको परिस्थिति थप नबिग्रियोस भन्नका लागी मेजर पोलटिकल पार्टीहरु एक ठाउँमा आएर एउटा साझा सहमतीका साथ अगाडी बढ्नुपर्छ ।’
फिक्कलमा महिलाहरुका लागी प्रजनन स्वास्थ्य शिविर संचालन हुने
रेडियो सिन्धुलीगढी, ०५ पुष २०८१, शुक्रबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा महिलाहरुका लागी प्रजनन स्वास्थ्य शिविर संचालन हुने भएको छ । फिक्कल
वि.पि.राजमार्गमा चल्ने विभिन्न सवारी साधनका चालकहरुको ला.प.से परिक्षण
सिन्धुली । वि.पि. राजमार्गमा चल्ने विभिन्न सवारी साधनका चालकहरुको लागु पदार्थ सेवन परिक्षण गरिएको छ । सवारी दुर्घटना न्युनिकरण गर्ने र सवारी साधनको
तीनपाटनमा संचालन भएको निशुल्क दन्त शिविरमा ११ सय बढिले सेवा लिए
रेडियो सिन्धुलीगढी, १ पुष २०८१, सोमबार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा निशुल्क दन्त शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा समाज डेण्टल
प्रतिकृया दिनुहोस