प्रगतिशील लेखक सङ्घ नेपाल सिन्धुलीे शाखाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

radiosindhuligadhhi

सिन्धुली ।

प्रगतिशील लेखक सङ्घ नेपाल सिन्धुली शाखाको तेस्रो जिल्ला अधिवेशन टंकध्वज थापाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा धनमाया राई, सचिवमा बाबुराम श्रेष्ठ, कोषाध्यक्षमा केशवकुमार फुयाल, सह सचिवमा रुपक जमरा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा दिल पौडेल, गोपी थापामगरलाई सर्वसम्मत चयन गर्दै दुई सदस्य कार्यसमितिले मनोनित गर्ने अख्तियारी प्रदान गर्दै अधिवेशन सम्पन्न भएको छ ।

प्रलेस केन्द्रीय कोषाध्यक्ष तथा बागमती प्रदेस इन्चार्ज प्राज्ञ बाबा बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा सह–इन्चार्ज डा.कृष्ण सुवेदी, बागमती प्रदेश अध्यक्ष डा. हरि सिलवाल लगायतको उपस्थिति रहेको थियो भने जिल्लाका प्रगतिशील श्रष्टाद्वय केशवकुमार फुयाल र गोपी थापा मगरलाई खादा, अबिर र प्रमाणपत्रका साथ सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

चाडपर्व आफ्नो गक्ष अनुसार मात्रै मनाउन वडा अध्यक्ष थापाको आग्रह

रेडियो सिन्धुलीगढी, २३ असोज २०८१, बुधबार । नेपालीहरुको महानचाड दशै, तिहार तथा छठ पर्वको अबसर पारेर कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको फुलबारी टोल

सिन्धुलीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

सिन्धुली । सिन्धुलीको विभिन्न ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चाडपर्वका लागि लामो तथा छोटो

radiosindhuligadhhi

सिन्धुलीमा हायस दुर्घटना हुँदा १५ जना घाईते 

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ सिस्नेरीमा हायस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । आज शुक्रबार बिहान काठमाण्डौबाट मोरङ