फिक्कल गाउँपालिकाका उत्कृष्ठ सासू–बुहारी सम्मानित

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २५ वैशाख २०८१, मंगलबार । 

सिन्धुलीको फिक्कल गाउँपालिकामा यस वर्ष पनि उत्कृष्ट सासू–बुहारी सम्मानित भएका छन् । गाउपालिकाकाले वार्षिक कार्यक्रम अन्तर्गत वडाका १ जोडी सासू–बुहारीलाई बर्सेनि सम्मान गर्दै आईरहेको छ । यस बर्ष पनि गाउँपालिकाले ६ वटा वडाका ६ जोडी सासु बुहारीलाई सम्मान गरेको छ।

गाउँपालिकाले आज मंगलबार एक कार्यक्रमको आयोजना गरि मेलमिलापका साथ सासु बुहारी संगै बसेका ६ वटा वडाका १२ जना सासु बुहारीलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । घरेलु हिंसा, लैङ्गिक हिंसामुक्त शान्तिपूर्ण समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्मानित हुनेमा वडा नम्बर १ का कुमारी माया सुनुवार, श्याम कुमारी सुनुवार, वडा नम्बर २ का नन्दकुमारी राउत, नन्दकुमारी खत्री राउत, वडा नम्बर ३ का शोभा राना मगर, सरिता माया मगर रहेका छन् ।

साथै, वडा नम्बर ४ का विष्णुमाया क्याप्छाकी मगर, मीना कुमारी सामल मगर, वडा नम्बर ५ का पुष्ट कुमारी भुजेल, गोमा भुजेल र वडा नम्बर ६ का  देशमाया राई, रामप्यारी राइ रहेका छन् । 
 

 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

चाडपर्व आफ्नो गक्ष अनुसार मात्रै मनाउन वडा अध्यक्ष थापाको आग्रह

रेडियो सिन्धुलीगढी, २३ असोज २०८१, बुधबार । नेपालीहरुको महानचाड दशै, तिहार तथा छठ पर्वको अबसर पारेर कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको फुलबारी टोल

सिन्धुलीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

सिन्धुली । सिन्धुलीको विभिन्न ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चाडपर्वका लागि लामो तथा छोटो

radiosindhuligadhhi

सिन्धुलीमा हायस दुर्घटना हुँदा १५ जना घाईते 

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ सिस्नेरीमा हायस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । आज शुक्रबार बिहान काठमाण्डौबाट मोरङ