हेफर ईन्टरनेशनल स्थापनाको ८० औँ वार्षिक उत्सव कमलामाईमा उपहार प्रदान गरि मनाईयो
सिन्धुली । हेफर ईन्टरनेशनल स्थापनाको ८० औँ वार्षिक उत्सव कमलामाई नगरपालिकामा उपहार प्रदान कार्यक्रम गरि मनाईएको छ । हेफर इन्टरनेशनलका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सुरिता सेन्दोसामको अध्यक्षता तथा बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा पासिङ वन द गिफ्टको माध्यमबाट नगरभित्रका गाईधनी कृषकहरुले अन्य कृषकहरुलाई ११ वटा कोरियन बाच्छी उपहार स्वरुप प्रदान गरेका थिए । यस प्रक्रियाबाट कृषकहरुको आर्थिक, सामाजिक र वातावरणीय जीवनमा सकारात्मक प्रभाव परि समुदायमा सामाजिक सम्मान कायम हुने तथा कृषकहरुबिच एक आपसमा आत्मियता तथा सुमधुर सम्बन्ध समेत कायम रहने विश्वास लिईएको छ ।
कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले हेफर सँगको सम्बन्धले समृद्विको एउटा महत्वपूर्ण सहयात्री प्राप्त गरेको बताउँदै भविष्यमा यो सहकार्यलाई थप दरिलो र फलदायी बनाउने कुरामा प्रतिबद्धता जनाउनु भयो ।
साथै, उहाँले आगामी दिनमा हेफर इन्टरनेशनल नेपाल र कमलामाई नगरपालिका विच नलेज एक्सचेञ्ज प्रोगाम, भेटनेरी हस्पिटल निर्माण र अन्य विविध पूर्वाधार निर्माणको सम्बन्धमा थप सहकार्य गर्ने बताउदै शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्र, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक, कमलामाईका नगरप्रमुख, मन्थली न. पा.का. नगर प्रमुख, पशु सेवा विभागका महानिर्देशक, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मधेस प्रदेशका सचिव, सिन्धुली जिल्लाको प्रमुख जिल्ला अधिकारी, हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशक, हेफर इन्टरनेशनल कोरियाको राष्ट्रिय निर्देशक, राष्ट्रिय निर्देशक हेफर बंगलादेश, राष्ट्रिय निर्देशक हेफर कम्बोडिया, प्रदेश दुग्ध विकास बोर्ड मधेश प्रदेशका कार्यकारी अधिकृत, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक, लुम्बिनी प्रदेशका पूर्व कृषी मन्त्री, दुधौली न. पा .का.उप प्रमुख, अर्जुधारा न.पा. का. उप प्रमुख, जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी उपरिक्षक, कमलामाई न.पा. विभिन्न वडाका वडा अध्यक्षहरु, जिल्ला स्थित सरकारी तथा गैह सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, पत्रकारहरुको उपस्थितिमा रहेको थियो ।
तीनपाटन कृषि तथा उद्यमशील सहकारी संस्थाको छैटौ बार्षिक साधारण सभा सम्पन्न
रेडियो सिन्धुलीगढी, १४ पुष २०८१, आइतबार । कृष्ण अधिकारी सिन्धुलीको तीनपाटन गाउँपालिका १ वेलघारीमा रहेको तीनपाटन कृषि तथा उद्यमशील सहकारी संस्था
सिन्धुलीमा एक दिने लोकगीत प्रतियोगिता, समृद्धि किशोरी समुह प्रथम
रेडियो सिन्धुलीगढी, १३ पुष २०८१, शनिबार । प्लान इन्टनेश्नल नेपालको साझेदारी तथा जनजाति समाज विकास कार्यक्रम (जेएसडिपी) सिन्धुलीको आयोजनामा संचालन
तीनपाटन गाउँपालिका ७ को वडा कार्यालय र स्वास्थ्य चौकी भवन समुद्घाटन
रेडियो सिन्धुलीगढी, ११ पुष २०८१, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर ७ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको समुद्घाटन
प्रतिकृया दिनुहोस